धनगढी, माघ ८/ टेक सिँह धामी/ कैलालीको टीकापुर योगमय बन्दै गएको छ । टीकापुर नगरपालिकामा योगाश्रम निर्माण भएसँगै टीकापुरबासी योगतर्फ आकर्षित भएका हुन्।
बिहिबार एक कार्यक्रमको आयोजना गरि टीकापुर नगरपालिका वडा न १ मा योगाश्रमको नवनिर्मित भवनको उद्घाटन गरिएको छ।
सुदुरपश्चिम प्रदेस सांसद तथा काङ्ग्रेस नेता डा रण बहादुर रावलले उक्त योगाश्रमको उदघाटन गरेका थिए।
उद्घाटन कार्यक्रममा बोल्दै रावलले हाम्रो उदेश्य स्वास्थ्य सेवा र प्रेम रहेको भन्दै सम्पुर्ण नागरिकले स्वस्थ रहनु र सम्मान एबम प्रेम पुर्वक जिउन पाउनु आजको आवश्यकता भएको बताए। उनले भने ‘जब कुनै देशको नागरिक शारीरिक तथा मानसिक रुपमा स्वस्थ हुन्छ तब मात्रै देशको बिकास र समृद्धि सम्भव छ। त्यसकारण योगले नेपाली नागरिकको जनस्तर र नेपालको बिकासमा अहम भुमिका निर्वाह गर्न सक्छ।’
झन्डै २ करोड बढी बजेटमा निर्माण गरिएको टीकापुर योगाश्रम अहिले योगमग्न छ। नगरका बालबालिका देखि वृद्धअवस्थाका सम्पुर्ण नागरिकले शारीरिक तथा मानसिक स्वास्थ्यता संगै उपचारको योग विधिलाइ अपनाइ रहेका छन । योगले मन शान्ती एवम् सन्तुष्टी प्राप्त हुने योगिहरुको भनाइ छ ।
व्यस्त जीवनशैली, अस्वस्थकर खाना र व्यायाम नहुँदा दैनिक अनेक रोगका बिरामीको संख्या बढ्दै गइरहेको परिपेक्ष्यमा योगको महत्वपूर्ण भूमिका रहेको भन्दै योगलाइ राज्य स्तरबाटै ब्याबसायिक तरिकाले अगाढि बढाउनुपर्ने र प्रयटन स्वास्थ्य लाइ प्राथमिकता दिनु पर्ने टीकापुर योगाश्रमका संथापक पृथ्बि रावलले बताए।
सुदुरपश्चिममा पहिलो पटक टीकापुरमा योगाश्रम निर्माण गरिएको हो। टीकापुर योगाश्रमलाइ राष्ट्रिय योग अनुसन्धान केन्द्र बनाउने लक्ष्य राखिएको छ।
