• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • ९. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

  • १०. ४४औँ बीपी स्मृति दिवसमा कैलालीमा वृक्षारोपण, नयाँ कार्यसमितिलाई प्रमाणपत्र वितरण

भारतीय अनुदानको खोप आज आइपुग्दै

" आउँदो साताबाटै लगाउन शुरू गरिने "

काठमाडौं, माघ, ८। भारत सरकारले अनुदानमा दिएको पहिलो चरणको १० लाख डोज कोरोनाविरुद्धको खोप बिहीवार ९आज० नेपाल आइपुग्दै छ । बुधवार स्वास्थ्य मन्त्रालय र भारतीय राजदूतावासले संयुक्त रूपमा पत्रकार सम्मेलन गरी पहिलो चरणको खोप बिहीवार नेपाल आइपुग्ने जानकारी दिएका हुन् । सोमवार भारतको विदेश मन्त्रालयले एक विज्ञप्ति सार्वजनिक गर्दै बुधवारदेखि छिमेकी मुलुकमा खोप उपलब्ध गराउने बताएको थियो । स्वास्थ्यमन्त्री ह्दयेश त्रिपाठी र नेपालका लागि भारतीय राजदूत विजयमोहन क्वात्राले संयुक्त रूपमा पत्रकार सम्मेलन गरी खोप आउन लागेको जानकारी गराए । पत्रकार सम्मेलनमा स्वास्थ्यमन्त्री त्रिपाठीले खोप लगाउन सबै तयारी पूरा भइसकेको जानकारी दिए । ‘भारतले दिएको कोरोनाविरुद्धको खोप अनुदान नेपाल भारत मित्रताको अनुपम उदाहरण हो,’ उनले भने, ‘खोप ल्याउनका लागि कुनै पनि कानूनी र आर्थिक जटिलता छैन ।’ खोप अभियानलाई सफलतापूर्वक सम्पन्न गर्न मन्त्रालय, कर्मचारी र स्वास्थ्यकर्मी तयारी अवस्थामा रहेको उनले बताए ।

स्वास्थ्य मन्त्रालयले खोप लगाउनका लागि तथ्यांक संकलन, खोप स्टोर व्यवस्थापन र खोप लगाउने विधि आदि सबै तयारी पूरा भइसकेको बताएको छ । मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमका अनुसार कुल जनसंख्याको ७२ प्रतिशतलाई कोरोनाविरुद्धको खोप दिने योजना छ । पहिलो चरणमा स्वास्थ्यकर्मी, एम्बुलेन्स चालक, शव व्यवस्थापक, सफाइकर्मी र सुरक्षाकर्मीलाई प्राथमिकतामा राखेर ३ प्रतिशतको नाम संकलन गरिएको छ । मन्त्रालयले पुस अन्तिम साता मात्र कोरोना खोपका लागि नामावली संकलन गरेको थियो ।

सबै नेपालीलाई निःशुल्क खोप उपलब्ध गराउने तयारी गरिएको बताउँदै मन्त्रालयका प्रवक्ता गौतमले प्राथमिकताका आधारमा खोप दिँदै जाने बताए । उनले भने, ‘सबै तयारी पूरा भइसकेकाले आउँदो सातादेखि नै खोप लगाउने कार्य शुरू हुन्छ ।’

खोप व्यवस्थापनका लागि खोप नियन्त्रण महाशाखाले सबै तयारी गरिसकेको बताएको छ । बिहीवार नेपाल आउने खोप भण्डारणका लागि पर्याप्त पूर्वाधार तयार भइसकेको खोप नियन्त्रण महाशाखाका प्रमुख झलक शर्मा गौतमले बताए । उनले भने, ‘खोप भण्डारणका लागि केन्द्रसहित प्रदेशमा पनि भण्डारण स्टोर निर्माण गरिसकेकोले यसमा समस्या छैन ।’

काठमाडौंबाट केन्द्रमा र केन्द्रबाट जिल्लामा खोप पठाउने गरी रेफ्रिजेरेटरसहितको भ्यान पनि तयारी अवस्थामा राखिएको उनले बताए ।

भारतले अक्सफोर्ड–अस्ट्राजेनिकाले सिरम इन्स्टिच्युटसँग मिलेर बनाएको कोभिडसिल्ड खोप नेपाललाई उपलब्ध गराउन लागेको हो । परराष्ट्र मन्त्रालयले भारतको विदेश मन्त्रालयलाई २० प्रतिशत जनसंख्यालाई पुग्ने खोप उपलब्ध गराउन पत्र लेखेको थियो । गत बिहीवार परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली नेपाल भारत संयुक्त आयोगको छैटौं बैठकमा सहभागी हुन गएको बेला खोप उपलब्ध गराउने विषयमा भारतसँग छलफल भएको थियो ।

गत शुक्रवार बसेको स्वास्थ्य मन्त्रालयको बैठकले नेपाल आउँदै गरेको कोभिडसिल्ड खोप प्रयोगका लागि अनुमति दिइसकेको छ । खोप परीक्षणकै क्रममा रहेकाले यसको प्रभावकारिता र असरबारे भन्न नसकिने जनस्वास्थ्यविद्को भनाइ छ ।

बिहिबार, माघ ०८, २०७७ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?

Recent Posts

  • डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
  • बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.