डाेटी ६ माघ/ सुचनाको हकका लागी राष्ट्रिय सञ्जाल नेपाल (आरटीआई) को १५ सदस्यीय डाेटी समिती मंगलबार गठन गरिएको छ । समितीको संयोजकमा पवन महरा चयन भएका छन् ।
समितीको सहसंयोजकमा सुनिता रावल, सदस्य सचिवमा बिक्रम खड्का चयन भएका छन् । सदस्यहरुमा क्रमश ः फणीन्द्र साउद, जितेन्द्र बाेहरा, चक्र मल्ल, सरिता कठायत, माेहन पनेरू, रेशम खड्का, प्रकाश परियार रहेका छन् ।
यस्तै साे समितिकाे सल्लाहकारमा माेहन शाही, याेगेन्द्र बलायर, प्रकाश बम रहेका छन् ।
सुचनाको हकका लागी राष्ट्रिय सञ्जाल नेपालका संयोजक उमीद बागचन्दले सरकारी कार्यालय सहित स्थानीय तहहरुका सबैखालका सुचना प्राप्त गर्न पत्रकार र आम नागरिकको हकलाई संजालले प्रत्याभूत गर्ने बताए । यो सञ्जालले सरकारी कार्यालयहरुका प्रचारमुखी सुचना मात्र नभई व्यथितिलाई रोक्ने मुख्य कर्म राखेको छ ।
हरेक सरकारीकार्यालय तथा संस्थाहरुमा नगरिकले सहज रुपमा पाउने अधिकारलाई सहज पार्ने काम सञ्जालले गर्ने बताए । स्थानिय तहमा समेत माग मसान्तसम्म बिस्तार गरिने संयाेजक पवन महराले जानकारी दिएका छन् ।
