बेलौरी ५माघ/ कञ्चनपुरको बेलौरी नगरपालिका वार्ड न. १ खेलकुद बिकाश समितिले आयोजना गरेको प्रथम बेलौरी गोल्डकप फुटबल प्रतियोगिता गोकुलपुर बजारको खुल्ला मंञ्चमा भएको दोस्रो दिनको पहिलो खेल राम युवा क्लब रामबस्ती र सिंहपाल एफ. सी. सिंहपुर बिच भएको खेलमा सिंहपाल एफ. सी. सिंहपुर खेलमा अनुपस्थित भए संगै राम युवा क्लब रामबस्तीले वाकओबर पाई बिजयी भएको छ ।
आजै भएको दोस्रो खेल अरनिको युवा क्लब अरनिकोबस्ती र न्यु एम्बिसन युवा क्लब बैबाह बिच भएको खेलमा अरनिको युवा क्लब अरनिकोबस्ती ५–१ गोल अन्तरले बिजयी भएको छ । खेलमा म्यान अफ द म्याच सर्वाधिक ३ गोल गर्ने अरनिको युवा क्लब अरनिकोबस्तीका खेलाडी रोहित तामाङ्ग भएका छन ।
भोली हुने पहिलो खेल त्रिभुवन युवा क्लब ङ गाउँ र बेलौरी नगरपालिका वार्ड न.३ बिच हुनेछ भने दोस्रो खेल साउथ प्वोईन्ट शिबनगर र भानु युवा क्लब ग गाउँ हुने । आयोजक बेलौरी नगरपालिका वार्ड न.१ खेलकुद बिकाश समितिका सचिब गजेन्द्र पन्तले बताउनु भयो । खेलमा प्रथम हुनेले नगद ११६००० साथमा सानदार ट्रफि,र दोस्रो हुनेले नगद ५५५५५ साथमा सानदार ट्रफि, उत्कृष्ट खेलाडी लाई ५००० उत्कृष्ट गोलरक्षक लाई ३५०० सर्वाधिक गोलकर्ता लाई ३५०० र प्रत्येक खेलमा म्यान अफ द म्याच खेलाडी लाई नगद ११११ पुरस्कार राखिएको छ ।
प्रथम बेलौरी गोल्डकप फुटबल प्रतियोगितामा ३१ टीमले सहभागीता जनाएको आयोजक बेलौरी नगरपालिका वार्ड न.१ खेलकुद बिकाश समितिका अध्यक्ष रकम शाहीले जानकारी दिनुभयो । साथै प्रथम बेलौरी गोल्डकप फुटबल प्रतियोगिता यहि माघ २० गते संञ्चालन हुने समेत बताउनुभयो.