बैतडी, माघ ५ / बैतडीमा किशोरीमाथि बलात्कार गरेको आरोपमा दुईजना पक्राउ परेका छन् । जिल्लाको सिगास गाउँपालिकाकी १६ बर्षीया किशोरीमाथि बलात्कार गरेको आरोपमा सिगास ५ का टेक बहादुर धामी र लक्ष्मण धामी पक्राउ परेको इलाका प्रहरी कार्यालय पाटनका प्रमुख प्रहरी निरीक्षक धनदेव साउँदले जानकारी दिए ।
दुवैजनालाई अदालतबाट म्याद थपेर अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । जबरजस्तीकरणी मुद्दा दर्ता दुवै जनामाथि अनुसन्धान भईरहेको प्रहरी निरीक्षक साउँदले जानकारी दिए ।
किशोरीमाथि तीनचार महिना पहिला नै बलात्कार भएको र किशोरी गर्भवती भएपछि बलात्कारको घटना बाहिर आएको प्रहरीले जनाएको छ । दुवै जनालाई प्रहरीले गत बिहीबार नै पक्राउ गरेको जनाएको छ । बैतडीमा गएको चैतदेखि अहिले सम्म बलात्कारका १२ घटना बाहिर आईसकेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।