कैलाली, माघ ५/ कैलालीमा प्रहरीले हराएको नगद सहित सुनका गरगहना सम्बन्धित धनीलाई बुझाएको छ । माघ ३ गते धनगढी उपमहानगरपालीका वडा नम्बर १ शान्तिनगर बस्ने प्रदिप नेपाली सवार मोटर साईकलमा धनगढीबाट अत्तरिया तर्फ जाने क्रममा उनले साथमा बोकेको गरगहना सहितको झोला हराएको भनि जिल्ला प्रहरी कार्यालय कैलालीमा निवेदन दिएका थिए ।
जिल्ला प्रहरी कार्यालय कैलालीले उक्त झोलाको खोज तलासको क्रममा जिल्ला कैलाली धनगढी उपमहानगरपालीका वडा नम्बर १ बस्ने शान्ति चौधरीले फेला पारेको प्रहरीले जनाएको छ।
१ तोलाको छडके तिलहरी, ३ तोलाको हार, ५ आनाको माईली तिलहरी,२ आनाको काँटा गरगहना सहित हराएको झोला र नगद १२०० आज सम्बन्धित धनि प्रदिप नेपालीलाई बुझाएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
