धनगढी, माघ ४/ धनगढी–४ निवासी रुपेश खड्काका नव विवाहित दम्पतिले अनाथ आश्रम तथा सडकबाट उद्धार गरिएका बेसाहरा महिलालाई न्यानो कपडा तथा खाद्यान्न वितरण गरेका छन् ।
बाबा टेलिभिजनका सञ्चालक तथा कैलाली उद्योग वाणिज्य संघका सदस्य रुपेश खड्काका दम्पतिलेआफ्नो वैवाहिक सम्बन्ध गासिएको अवसरमा आइतबार विहान सो सामाग्रि सहयोग गरेका हुन् । बिहिबार वैवाहिक बन्धनमा बाधिएका खड्का दम्पतिले धनगढी–५ मा रहेको आमाको माया छात्राबासमा रहेका बालबालिकालाई १२ थान ब्लाङ्केट दिएका हुन् । छात्रबासमा अहिले २७ जना बालकहरु बस्दै आएका छन् । आफ्नो जीवनको महत्वपूर्ण समयमा उनीहरुलाई पनि खुशी बाड्न सहयोग गर्ने सोच बनाएको खड्काले बताए ।
यस्तै धनगढी–७ मा रहेको दृष्टि फाउण्डेशनलाई ५ बोरा चामल, १० केजी दाल, एक कार्टुन तेल र १२ केजी नुन सहयोग गरेका हुन् । फाउण्डेशनले सडकमा आउन बाध्य भएका, मानसिक समस्यामा परेका र असहाय महिलाहरुको उद्धार, उपचार, परामर्श र स्याहार गर्ने गरेको छ । फाउण्डशनकी सञ्चालिका कल्पना भट्टले खाद्यान्न प्राप्त गरेपछि दम्पतिलाई बधाई तथा शुभकामना व्यक्त गरेकी थिइन् । फाउण्डेशनमा अहिले ३९ जना महिला छन् ।