मेष: नयाँ सामान किनमेल हुनेछ । कृषि काममा लाभ पाइनेछ । व्यापारमा सन्तोष मिल्नेछ ।
वृष: ठूलाबडाले साथ दिनेछन् । राम्रो चर्चा मिल्नेछ । पदमा उन्नति हुनेछ ।
मिथुन: सामाजिक काममा व्यस्तता बढ्नेछ । अधुरा काम बन्नेछन्, वैदेशिक फाइदा मिल्नेछ ।
कर्कट: अपजसको भय हुनेछ । काम बीचमा रोकिनेछ । गुप्त शत्रु जाग्नेछन् ।
सिंह: वैवाहिक सुख मिल्नेछ । रमाइलोमा दिन बित्नेछ । पारिवारिक मेलमिलाप हुनेछ ।
कन्या: स्वास्थ्यमा सुधार आउनेछ । वादविवाद साम्य हुनेछ । राम्रो काममा खर्च हुनेछ ।
तुला: आम्दामीले साथ दिनेछ । अध्ययनक्षेत्रमा प्रगति हुनेछ । सन्तति सुख बढ्नेछ ।
वृश्चिक: घरायसी काममा विवाद हुनेछ । अशान्तिले पिर्नेछ । विसन्चो बढ्नेछ ।
धनु: छोटो यात्रा हुनेछ । नया काममा पराव्रmम बढ्नेछ । जिम्मेवारी सामना गर्नु पर्नेछ ।
मकर: खानपिनमा रमाइलो मिल्नेछ । मीठो वोली बिक्नेछ । धनलाभको योग पर्नेछ ।
कुम्भ: नयाँ काममा खर्च हुनेछ । स्वास्थ्यमा प्रगति हुनेछ । साथीभाइसँग रमाइनेछ ।
मीन: काममा लगानी बढ्नेछ । सरसामान हराउन सक्नेछ । आर्थिक क्षति बेहोर्नु पर्नेछ ।