धनगढी ३ माघ/ देशभर नेपाली कांग्रेसले प्रतिनिधि सभा बिघटनका बिरुद्ध बिरोध प्रदर्शन गरेको छ। कैलालीको धनगढीमा पनि शनिबार प्रतिनिधि सभा विघटनको विरोधमा कांग्रेसले विरोध सभाको आयोजना गरेको हो।
सभामा बोल्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता तथा संसदिय दलका नेता रण बहादुर रावलले “प्रदेश सरकार प्रति जनता निरास भएकोले प्रदेश सभा खतरामा परेकाे बताए ।
प्रदेश सभा खारेजी हुने खतरा बढेकाेले अन्तिम हामी नै हुने खतरा भएको बताएका छन्। संघियतामा प्रदेश सरकार र प्रदेश सभा अनुपयुक्त रहेको उनले बताए। नेकपाको सरकारले गरेका झुटका एजेन्डा र भ्रष्टाचारका फाइललाइ केन्द्र देखि वडा स्तरसम्म उदाङ्गो पार्ने बताएका छन्।”
उनले थप्दै भने, नेपाली कांग्रेस एकजुट भएर नेपाली जनताको जित र संविधानको रक्षाका लागि सडकमा आएको हो। हामी हतियार उठाउदैनौ, हाम्रो हतियार भनेको बिधी र बिधान हो। वर्तमान नेकपाको सरकार कान्डै कान्डको सरकार हो, संविधान निर्माणका खातिर ज्यानको बलिदानी दिने सहिदका सपना माथि कुल्चेर घृणित राजनिति यो सरकारले गर्यो।
यस्तै रावलले सुदुरपश्चिम प्रदेश सरकारका सन्दर्भमा प्रदेश सरकार स्वार्थमा चुर्लुम्म डुबेको र प्रदेश सरकारका मुख्यमन्त्री र मन्त्रीहरु पद जोगाउनकै लागि उद्दत भएको बताए।
नेपाली काङ्ग्रेस कैलालीका उपसभापति प्रकाश बमले निर्मला पन्तका हत्यारा गृहमन्त्रीका छोरा भएको आरोप लगाएका छन्। नेकपाको सरकार भ्रष्टाचारको बिरुवा भएको भन्दै बिकल्पका खातिर काङ्ग्रेस सडकमा आएको उनको भनाइ थियो।
यस्तै सभामा बोल्दै धनगढी उपमहानगरपालिका मेयर तथा काङ्ग्रेस नेता नृप बहादुर वडले नेकपाको सरकारले अपराधीलाइ बचावट गरेको र अपराधी, भ्रष्टाचारी लाइ दन्ड दिनुको साटो सम्मान दिने प्रवृत्तिले देश संकटतर्फ गएको बताए।
संसद बिघटन संविधान विपरित रहेको र यसको पुनस्र्थापनाको बिकल्प नरहेको भन्दै काङ्ग्रेस नेताहरुले सर्बोच्च अदालतको फैसलालाइ पर्खिदै उचित कदम थाल्ने जस्ता मत राखेका थिए।