• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

‘महिला स्वतन्त्रता’ को मौलिक पर्व उत्तरायणी मनाउँदै सुदूरपश्चिमका महिला

"उत्तरायणी  "

धनगढी ३ माघ/ हरेक वर्ष माघ ३ गतेका दिन सुदूरका चेलीबेटीले मनाउने उत्तरायणी पर्व शनिबार पनि सुदूरमा धुमधामसँग मनाइन थालिएको छ । सूर्य दक्षिण दिशाबाट उत्तर दिशामा जाने भएकाले हरेक वर्ष माघ ३ गतेका दिन सुदूरका महिलाहरु स्वतन्त्रताको पर्वका रुपमा उत्तरायणी मनाउने गर्छन् । शनिबार पनि सुदूरपश्चिमका चेलीहरु उत्तरायणी भन्दै ‘कुनकेउलो’ ९वनभोज० खान व्यस्त छन् । यहाँ हरेक वर्ष उत्तरायणीका दिन चेलीबेटीलेघट कुनकेउलो खाने गरिन्छ ।

उत्तरायणीका दिन महिलाहरु दिनभरी केही काम नगरी वनभोज जाने र डेउडा खेल्ने गर्छन् । माघी मनाउन माइती आएका प्रायः दिदीबहिनी र अविवाहित चेलीबेटीहरु मिलेर जंगलमा गई कुनकेउलो खाने गर्छन् । उत्तरायणका दिन कुनै पनि काम गर्न नहुने भन्दै यहाँका महिलाहरु घरधन्दाको काम अघिल्लो दिनमै सक्ने गर्छन् । ‘उत्तरायणीका दिन केही काम नगरेर नाचगान गर्दै रमाइलो गरिन्छ,’ बडिकेदार–१, डाङ डोटीकी मनुदेवी कलेलले भनिन्,‘त्यसैले घरधन्दाको सबै काम अघिल्लो दिन नै सक्दछौँ ।’ उत्तरायणीका दिन दिनभर देउडा खेल्दै वनभोजमा रमाउने गरेको उनले बताइन् । ‘यो दिनलाई हामीले महिला स्वतन्त्रताको दिवसका रुपमा मनाउने गरेका छौँ,’ उनले भनिन् । उत्तरायणका दिन महिलाले घरायसी काम काज नगर्ने र दिनभर नजिकैको खोला, वनमा गएर वनभोज खाई रमाइलो गर्ने गरिएको मदन पुरस्कार विजेता तथा साहित्यकार रामलाल जोशी बताउँछन् । उनले भने,‘उत्तरायणका दिन महिलाले कुनै काम नगर्ने भएकाले पनि त्यस दिनलाई महिला स्वतन्त्रता दिवसका रुपमा समेत हेरिएको हो ।’ यो दिन महिलाले आफूखुसी रमाइलो गर्दै देउडा खेल्ने गरिएको उनले बताए ।

आजका दिन सूर्य दक्षिण दिशाबाट उत्तर दिशामा जाने भएकाले उत्तरायण भन्दै डोटेली संस्कृतिमा स्थानीय पर्वका रुपमा मनाउने गरिएको ज्योतिषी मनिराज जोशी बताउँछन् । उत्तरायणी पर्वलाई लोक परम्पराको पर्वका रुपमा लिइएको उनी बताउँछन् । ‘यो पर्व परम्परागत रुपमा चलिआएको पर्व हो,’ उनले भने,‘यसमा चेलीबेटीहरु स्वतन्त्र भई वन जंगलमा गएर वनभोज खाने र दिनभर देउडा खेल्ने गर्छन् ।’

उत्तरायणीका सम्बन्धमा कुनै शास्त्रमा केही नलेखिएको भए पनि यो पहाडी जिल्लामा परम्परागत रुपमा चल्दै आएकाले चेलीबेटी ९महिला०को पर्वका रुपमा रहेको ज्योतिषी जोशीले बताए । उत्तरायणीका दिन प्रायः माइतीघर आएका चेलीबेटी र अविवाहित चेलीहरु मिली वनभोज जाने र सुख दुःखका गीत गाउँदै देउडा खेल्ने गर्छन् । वनभोजमा प्रायः दालभात र डुब्का ९मासको दालबाट बनेको तिहुन खाने गर्छन् ।

शनिबार, माघ ०३, २०७७ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.