धनगढी, माघ ३ / नेपाली कांग्रेसले संसद विघटनको असंवैधानिक कदम विरुद्ध आज देशभरका सबै स्थानीय तहमा विरोध प्रदर्शन गर्दैछ ।
प्रधानमन्त्री के।पी। शर्मा ओलीको नेतृत्वमा रहेको नेपाल कम्युनिष्ट पार्टीको सरकारको सिफारिसमा प्रतिनिधिसभा विघटन गरिएको घटनाका विरुद्ध देशव्यापी प्रदर्शन गरिरहेको कांग्रेसले आज पनि सबै पालिकामा प्रदर्शन गर्ने भएको हो ।
शुक्रबार कांग्रेसले एक विज्ञप्ति जारी गर्दै आज ७५३ स्थानीय तहमा विरोध प्रदर्शन गर्ने जानकारी गराएको हो ।
विज्ञप्तिमा कांग्रेसले विरोध प्रदर्शनमा सहभागीताको लागि अपिल गरेको छ । यसअघि कांग्रेसले पुस १३ गते १६५ निर्वाचन क्षेत्रमा र पुस २५ गते ३३० प्रदेशसभा निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गरिसकेको छ ।
