धनगढी २४ पुस/ कैलालीबाट संविधानको धारासहित प्रधानमन्त्री केपी शर्मा ओलीलाई विरोध पत्र पठाइएको छ। नेकपा जिल्ला कमिटी कैलालीले प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहरामार्फत् विरोध पत्र पठाएका हुन् ।
विरोध पत्रमा प्रधानमन्त्री ओलीलाई आफ्नो असंवैधानिक कदममाथि पश्चातापका साथ राष्ट्रका सामु क्षमा याचना गर्दै प्रतिनिधिसभा पुनः सुचारु गरी संविधानलाई क्रियाशील बनाउन अनुरोध गरिएको छ। संविधानले प्रधानमन्त्री ओलीलाई प्रतिनिधिसभा विघटन गर्ने कुनै पनि अधिकार नदिएकाले संविधानको धारा पुनः अध्ययन गर्नका लागि संविधानको धारा समेत विरोध पत्रसँगै पठाइएको नेकपा कैलाली जिल्ला सचीव बिमल जोशीले बताए ।
प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरे यता नेकपा प्रचण्ड–माधव समूहले विभिन्न संघर्षका कार्यक्रम घोषणा गरेको छ। सोहीअनुसार प्रशासनमार्फत प्रधानमन्त्रीलाई विरोध पत्र पठाइएको हो।