• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

जलवायु परिवर्तनमा महिला

डा. डिला संग्रौला

लवायु परिवर्तन मानव सभ्यताकै सबैभन्दा ठूलो चुनौती हुन पुगेको छ । औद्योगीकरणका क्रममा वायु मण्डलमा जथाभावी कार्बनडाअक्साइड फ्याक्दाले अहिले विश्व तापक्रम वृद्धि भएको वैज्ञानिकहरूले बताएका छन् । समुद्रसतह बढ्ने क्रमले माल्दिभ्सजस्ता मुलुकको अस्तित्व माथि नै खतरामा उत्पन्न भएको छ । यस्तै उच्च हिमशृङ्खला पग्लिदा दक्षिण एसियाका करोडांै मानिसको रोजीरोटी र बाँच्न पाउने हकमाथि नै खतरा उत्पन्न भएको छ । त्यसैले जलवायु परिवर्तनले पार्ने प्रभाव अझ विशेष गरी महिलालाई पारेको प्रभावलाई सूक्ष्मरुपले अध्ययन अनुसन्धान गर्नु पर्छ ।

वायु मण्डलमा मिथेन, नाइट्रोअक्साइड, कार्बनजस्ता हरित गृह ग्यास र ओजनतह विनाश गर्ने क्लोरोफ्लोरो कार्बनजस्ता ग्यासको  असर दिनहुँ बढ्दै गइरहेको छ । परावर्तित विकिरणहरू वायु मण्डलमा नै रोकिनाले पृथ्वीको तापक्रम वृद्धि हुँदैछ । हरित गृह ग्यासका प्रमुख स्रोतहरूमा वन जंगलको विनाश, कोइला, खनिज इन्धनको अधिक प्रयोग, व्यापक औद्योगीकरणजस्ता क्रियाकलाप पर्छन् ।

वैज्ञानिकहरूले सन १९६० को दशकपछि पृथ्वीमा भएको द्रूत औद्योगिक विकास तथा जनसंख्या वृद्धिले ल्याएका असरका कारण पृथ्वीमा भएको जलवायु परिवर्तन भएको बताएका छन् । विश्वव्यापी रुपमा बढेको यस समस्याको लागि विश्वका औद्योगिक धनी राष्ट्र बढी जिम्मेवार भएको यथार्थ विभिन्न अध्ययन प्रतिवेदनले सार्वजनिक गरिसकेका छन । त्यसैले हरित गृह ग्यासको प्रमुख कारकको रुपमा देखिने कार्बनडाक्साइडको उत्सर्जन नै विश्व जलवायु परिवर्तनको कारक मानिएको छ । यसको उत्सर्जनमा खासै भूमिका नभएको हाम्रोजस्तो विकासोन्मुख देशले समेत असर र अझ कठिनाइ भने भोग्नु परेको छ ।

विश्वमा हाल आएर मानवीय गतिविधिको वृद्धिको कारण प्रकृतिमा नकारात्मक प्रभाव परेको छ । जलवायु निरन्तररुपमा परिवर्तन भई नै रहेको देखिन्छ । वास्तवमा प्रकृतिमा असन्तुलन पैदा भई जलवायु परिवर्तनको अवस्था आएको हो । जलवायु परिवर्तनले पृथ्वीमा अनेक प्रकारका प्रभाव पार्ने देखिन्छ । फलस्वरूप, जलवायु परिवर्तनका कारण महिलाहरू ज्यादै प्रभावित हुने गर्छन् ।

जलवायु परिवर्तनको लैंगिक पक्ष हेर्दा महिलाहरू बढी प्रभावित हुने गरेको विभिन्न अध्ययनले देखाएका छन् । संयुक्त राष्ट्र संघका तथ्यांकहरूले जलवायु परिवर्तनका कारण विस्थापित मध्ये ८० प्रतिशत महिला रहेको देखाएको छ । वर्तमान सन्दर्भमा महिलाहरूमा सीमित अनुकूलन क्षमता रहेको मानिन्छ । किनभने उनीहरू सामाजिक आर्थिक क्रियाकलापमा पुरुषका तुलनामा पछि पारिएका छन । उनीहरूको सम्पत्तिको अधिकार कम छ, सूचना प्रवाहको अभाव छ भने रोजगारीका स्रोतमाथि अभैm पहँुच छैन । महिलाहरूले घरभित्र मात्र होइन खेतबारीमा गएर काम गर्नुपर्ने अवस्था छ । यसरी दोहोरो दायित्व रहेको हुनाले जलवायु परिवर्तनले पुरुषको तुलनामा महिला बढी प्रभावित हुनु स्वभाविकै हो ।

अहिले कयौं गाउ“मा पनि मलामी जान छोरा मान्छे नपाउने अवस्था छ । बाढी होस् वा पहिरो महिला नै बढी चपेटामा पर्ने अवस्था छ । जलवायु परिवर्तनले गर्दा समुद्रको सतह बढ्नाले र खोलाको ताजा पानीमा नुनको मात्रा बढनाले माछा मार्ने काममा ठूलो असर पुगेको देखिन्छ । विशेषगरी ग्रामिण महिलाहरू नै यस्ता गतिविधिमा अगाडि छन् । हाल बाढी र अन्य प्रकारका प्राकृतिक प्रकोपबाट जलवायु परिवर्तनका कारणले ज्यादा मात्रामा महिलाहरूको मृत्यु भएको विश्व तथ्यांले देखाएको छ ।

नेपाल राष्ट्र निर्माणको सबै क्षेत्रमा अन्य मुलुकको तुलनामा महिला सहभागिता न्यून छ । महिलाको धेरै समय बालबच्चा हुर्काउने, घरको आन्तरिक व्यवस्था मिलाउने कार्यमा व्यतित भएको देखिन्छ । शिक्षा र स्वास्थको सुविधा उनीहरूले कम पाएका छन् । राजनीतिक, सामाजिक अन्य क्षेत्रमा पुरुषभन्दा महिला पछाडि नै छन् । त्यसैले जलवायु परिवर्तनको ज्यादा भार महिलामा नै परेको देखिन्छ ।

विश्वमा गरिबीको रेखामुनी रहेको जनसंख्यामा महिलाको संख्या ज्यादा छ । नेपालमा ग्रामीण महिलाहरू अत्यधिक मात्रा प्राकृतिक स्रोतमा निर्भर छन् । पानी ल्याउने, दाउराको जोहो गर्ने काम महिलाले नै गर्छन् । त्यसैले जलवायु परिवर्तनले गर्दा अनिश्चित वर्षा र वनविनाशको असर महिलामा नै बढी देखिन्छ ।

महिलाहरूको वातावरणसँग पनि प्रत्यक्ष सम्बन्ध हुन्छ । महिला पुरुषभन्दा भिन्नरुपमा वातावरणीय श्रम, वनविनाश, प्रदूषण र जनसंख्याको चापबाट प्रभावित हुने गर्छन् । महिलाहरू प्रायः वातावरणीय विषयसँग बढी सम्बन्धित हुनेहुनाले उनीहरू त्यसबाट उत्पन्न हुने समस्याबाट पनि ज्यादा प्रभावित हुने विभिन्न अध्ययनले प्रमाणित गरेको छ ।

रासायनिक तत्त्वहरू र कीटनाशक औषधिको प्रभाव मानिसको स्वास्थ्यमा प्रत्यक्षरुपमा पर्छ । संयुक्त राष्ट्र संघको एउटा अध्ययनले कीटनाशक औषधिको प्रयोग स्तन क्यान्सर, गर्भपतनको खतरा उत्पन्न हुने देखाएको छ । त्यसैले यस्ता किसिमका स्वास्थ्यसम्बन्धी कारणले समेत वातावरणीय समस्यामा महिलाहरू बढी सचेत हुन आवश्यक छ ।

विश्वमा औद्योगिक विकाससँगै वातवरणीय क्षति पनि सुरु भयो । यसले जनस्वास्थ्यलाई चुनौती दियो । सर्वप्रथम हजारौं महिलाले केन्यामा सन् १९७७ मा ‘ग्रिनबेल्ट मुभमेन्ट’ संचालन गरी रुख रोप्ने प्रेरणा दिएका थिए । यस्तै जलवायु परिवर्तनलाई कम गर्न हाम्रो जीवनशैली परिवर्तन गर्ने आवाज स्वेडिस किशोरी गे्रटा त्युनबर्गजस्ता स्कुले बालिकाहरूले उठाउन थालेका छन् ।

जलवायु परिवर्तनका असर कम गर्न हामीले विभिन्न क्रियाकलाप गर्नुपर्छ । किनभने यसको असर विभिन्नरूपमा नेपालले पनि भोग्नु परेको छ । त्यसैले यसलाई कम गर्न हामीले निम्न क्रियाकलाप गर्नुपर्छ । हाल विश्वमा हुने हरितगृह ग्यासको कुल उत्सर्जनमा नेपालको हिस्सेदारी ०.०२५ प्रतिशत रहेको छ । कार्बनडाइअक्साइडको अत्यधिक उत्पादनको कारण नै जलवायु समस्या देखा परेको हो ।

रुख रोप्ने 

सन् २००४ मा प्रकाशित प्रतिवेदनलाई आधार मान्ने हो भने अहिले विश्वमा उत्र्सजन हुने करिब ६० प्रतिशत कार्वनडाइअक्साइड वनजंगलले सोस्ने गर्छ । यसैल् हामीले वनजंगलको संरक्षण गरी व्यापकरुपमा रुख रोपन जरुरी छ । त्यसले स्वास्थ्यको लागि आवश्यक अक्सिजन उत्पादन हुन्छ ।

हिमताल र नदीनाला सफा राख्ने 

अहिलेकै गतिमा जलवायु परिवर्तन भइरहने हो भने प्रकृतिको वरदानको रुपमा रहेको सुन्दर हिमताल र नदीनाला कालान्तरमा संकटमा पर्ने देखिन्छ । हाम्रो मुलुकमा रहेका हिमशृङ्खला पग्लिने र क्षयीकरण हुने क्रमसँगै पर्वतारोहणका कारण त्यहाँ फोहर मैला प्रदूषण बढेको छ । यसलाई रोक्नुपर्छ ।

चुरेको दोहन 

चुरे पहाडको संरक्षणको लागि हामीले ध्यान दिनु जरुरी छ । लगाताररुपमा चुरे पर्वत शृङ्खलामा भइरहेको क्षयीकरणले हाम्रो भूसन्तुलनमा समस्या खडा भएको देखिन्छ ।

वातावरणको प्रदूषण 

देशैभर वातावरण मैत्री सार्वजनिक यातायात संचालन गरी घरघरमा ऊर्जा बचत प्रवृत्ति लागु गर्नुपर्छ । कम कार्बन उत्सर्जन गर्ने सुनिश्चित गर्न सम्पूर्ण उद्योगको नियमन गर्नुपर्छ । हरित गृह ग्यास उत्पादनमा कमी ल्याउन वैकल्पिक ऊर्जाको प्रयोग गर्नुपर्छ । पेट्रोलियम पदार्थको उपयोग कम गरी वैकल्पिक ऊर्जा जस्तै जलविद्युत, सौर्य शक्ति, वायोग्यासको उत्पादन बढाएर वातावरणको प्रदूषण रोक्नुपर्छ ।  जलवायु परिवर्तन यथार्थमै भोग्नु पर्ने हुनाले महिलामाथि पर्ने प्रभाव कम गर्न सबै एकजुट हुनुपर्छ । नत्र, जलवायु परिवर्तनबाट नेपालले ठूलो क्षति बेहोर्नु पर्ने हुनसक्छ । केन्द्रीय सदस्य, नेपाली कांग्रेस

बाह्खरीबाट

सोमबार, साउन २७, २०७६ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

बैतडीका ग्रामीण कच्ची सडकमा राति गाडी चलाउन रोक
असार १५ मा हिलो खेल्ने बढे, खेती गर्ने घटे
रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनमा प्यानल बनाउन नपाइने

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.