धनगढी, २४ पुस/ प्रधानमन्त्री केपी शर्मा ओलीले अछामको एउटा केटो खोक्रो राष्ट्रवदीका नाममा कुर्लीदै गरेको आरोप लगाएका छन् । नेकपा नेता भिम रावललाई इङ्गित गर्दै प्रधानमन्त्री ओलीले कुरानाकानी सानोतिनो होईन ठुलै कुरा गर्न थालेको बताए । उनले भिम रावललाई सुदूरपश्चिमको बिकासको समस्या भएको समेत आरोप लगाए ।
नेकपा ओली पक्षले गरेको भेलालाई सम्बोधन गर्न कैलालीको धनगढी पुगेका प्रधानमन्त्री ओलीले पार्टी छाडेर हिँडेका केही भगौडाको कुरा नसुन्न उनले आग्रह गरे। बाटोमा बसेर हामी यहाँ छौ भनेका उनीहरु पार्टीको बैठकमा नआएर सभ्यता उनीहरुमा नभएको बताए। प्रचण्ड नेपालका कार्यकर्ता गाली गलौज गरेर हिँडेका उनले आरोप लगाए।
आफूहरु गाली गलौजमा हिँडे पनि आफूहरु देश विकासमा लागिपरेको उनले दाबी गरे। कृषिमा रोजगारीमा सरकार लागिपरेको बताउँदै नेपालमा नै सरकारले रोजगारी खोज्ने ध्याउन्नमा लागेको बताए। हरेक नेपालीले स्वास्थ्य उपचार निशुल्क पाउनुपर्नेमा उनले जोड दिए। यस्तो कृषि प्रधान देशमा बाहिरबाट किनेर खानुपर्ने भएकाले यसको समाधानका लागि सरकार लागिपरेको उनले जनाए।
पछिल्लो समय देशमा विकास बढेको भन्दै सरकारले कालोपत्रे सडक बनाउन निकै ध्यान दिएको बताए। अहिलेसम्म ४५ सय भन्दा बढी किलोमिटर बाटो बनाएका उनले दाबी गरे।केन्द्रीय कमिटीको बैठकमा बाटामा गएर हामी यहाँ छौँ रे, कहाँ गए भनेको त। उहाँहरुका समर्थक भनिएका, कार्यकर्ता, नेता भनिएका मान्छेहरु हामीलाई गालीगलौज गरेर हिँडेका छन्। हामीलाई फुर्सद छैन। हामीलाई काम गर्नुछ, उनले प्रचण्ड–नेपाल पक्षप्रति लक्षित गरी बताए।
रोजगारी खोज्नमा खाडी, पन्जाब र उत्तराखण्ड हैन नेपालमै खोज्ने ध्याउन्न आफूहरुको भएको बताए। हामी हरेक नेपालीका छोराछोरी पढ्न पाउनुपर्ने व्यवस्था हुनुपर्छ, हामी त्यसमा लागेका छौँ। स्वास्थ्य उपचार पाउनुपर्ने व्यवस्थामा लागेका छौँ। यस्तो हराभरा देशमा अन्यत्रबाट खानेकुरा झिकाउने पठाउने ध्याउन्नमा लागेका छौँ, आफूले उपभोग गरेर नसकेको बस्तु बाहिर निर्यात गर्ने विदेशी मुद्रा ल्याउँछौं, उनले बताए।