धनगढी २४ पुस/नेकपा ओली पक्षले गरेको भेलालाई सम्बोधन गर्न कैलालीको धनगढी पुगेका प्रधानमन्त्री ओलीले देश विकासमा आफ्नो सरकारले अरु सरकारभन्दा बढी काम गरेको दाबी गरेका छन्।
उनले भने म नेताहरुलाई भन्न चाहन्छु, जनताका लागि उभिएर भन्नुस मलाई यसै गरी सोध्नुस् तपाइँका माथि माथि टुप्पामा पुगेका कसकस्का आफन्त कहाँ कहाँ छन् मैले भनिरहनु पर्दैन। यो पार्टीको अध्यक्ष म नयाँ पार्टी, नयाँ एकिकरण थालेर आएको। काम लाग्छ कि भनेर प्रचण्डलाई पनि पार्टीमा ल्याएको थिएँ।
धेरै स्याम्पु पानी सिध्दियो। तर जस्ताको त्यस्तै। बानी, उदेश्य, विचार प्रवृत्ति मति जस्ताको त्यस्तै। लाटो कोसेरो झलल घाम लाग्यो भने आँखा चिम्लिन्छ। अध्यारोमा हिँड्ने उज्यालोमा टिक्न सक्दैन। यहाँ अन्धकारमा ज्योती छरिन्छ। त्यसकारण यहाँ लाटेकोसेरोहरु टिक्न सक्दैनन्।
संसद विघटन असंवैधानिक भनेर हल्ला चलाइरहेका छन्। म तिनीहरुलाई संविधान दोहोर्याएर पढ्न आग्रह गर्दछु।