धनगढी, २४ पुस/ नेकपा ओली पक्षले गरेको भेलालाई सम्बोधन गर्न कैलालीको धनगढी पुगेका प्रधानमन्त्री ओलीले देश विकासमा आफ्नो सरकारले अरु सरकारभन्दा बढी काम गरेको दाबी गरेका छन्।
मुख्य रूपमा आफ्नो उद्देश्य नै देश विकास भएको भनाइ। भ्रष्टाचारको अन्त्य गर्ने र सभ्य देश बनाउने उनले बताए। पार्टी छाडेर हिँडेका केही भगौडाको कुरा नसुन्न उनले आग्रह गरे।
बाटोमा बसेर हामी यहाँ छौ भनेका उनीहरु पार्टीको बैठकमा नआएर सभ्यता उनीहरुमा नभएको बताए। प्रचण्ड नेपालका कार्यकर्ता गाली गलौज गरेर हिँडेका उनले आरोप लगाए।
आफूहरु गाली गलौजमा हिँडे पनि आफूहरु देश विकासमा लागिपरेको उनले दाबी गरे। कृषिमा रोजगारीमा सरकार लागिपरेको बताउँदै नेपालमा नै सरकारले रोजगारी खोज्ने ध्याउन्नमा लागेको बताए।