धनगढी, २४ पुस/ नेकपा सुदूरपश्चिमको ओली समूहले आयोजना गरेको जनसभालाई सम्बोधन गर्न पुगेका प्रधानमन्त्री केपी शर्मा ओली धनगढीको राष्ट्र बैँकको अतिथि गृहमा प्रवेश गरेका छन्।
श्री एयरलाइन्सको विमानबाट धनगढी आइपुगेका नेकपा अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओली विश्रामका लागि राष्ट्र बैँकको अतिथि गृहमा प्रवेश गरेका हुन्।
ओली त्यहाँ केहीबेर विश्राम गरेपछि मात्र नेकपाले आयोजना गरेको जनसभालाई सम्बोधन गर्न खुलामञ्च जाने नेकपाले जनाएको छ।
