• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • ९. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

  • १०. ४४औँ बीपी स्मृति दिवसमा कैलालीमा वृक्षारोपण, नयाँ कार्यसमितिलाई प्रमाणपत्र वितरण

गोदावरी नगरपालिकामा प्रभावकारी र सुरक्षित सिकाइ

अत्तरिया, २३ पौष/ सानो छदा घरमा महिनावारी भएका किशोरी तथा महिलाहरुलाई छुन हुँदैन भन्ने धारणा बोकेकी गोदावरी नगरपालिका वनबेहडाकी १५ वर्षिय महेश्वरी जोशी हाल महिनावारीको बेला भेदभाव गर्न नहुने चेतना फैलाउन थालेकी छन् । शैलेश्वरी मावि बेहडामा कक्षा १० मा पढ्ने जोशी बाल अधिकार, लैङ्गिक हिँसा र सक्षम छोरीको विषयमा जानकार पनि छन् ।

महेश्वरी जस्तै उनका साथीहरु राधा नेपाली र रन्जना विक ले पनि “सुरक्षित सिकाई कार्यक्रम” मा भाग लिएपछि आफ्नो आत्मविश्वास बढेको र आफुले सिकेका कुराहरु साथीहरु र घर परिवारका सदस्यहरुलाई भन्ने गरेका छन् । विहिवार विद्यालयमा गोदावरी नगरपालिकाको अनुमगन टोलीसँगको अन्तरक्रियामा उनीहरुले आफ्नो धारणा राखेका हुन् ।

उक्त विद्यालयका किशोरीहरुले २ दिने सक्षम छोरी तालिम पाएका थिए । साथै विद्यालयका कक्षा ६ देखि कक्षा १० सम्मका विद्यार्थीहरु स्टुडेन्ट लाईफ क्लबमा आबद भई रेडियो मार्फत सञ्चालन हुने आशाका किरणहरु कार्यक्रम मार्फत सिकाई अभिवृद्घि गरिरहेका छन् ।

युकेएड को आर्थिक सहयोग र मर्सिकोर नेपाल मार्फत बेस संस्थाद्वारा लागु गरिएको सुरक्षित सिकाई कार्यक्रमले गरेका क्रियाकलापहरु र प्रगतिको नगरपालिको अनुगमन टोलीले विहिवार अनुगमन गरेको हो । कार्यक्रममा विद्यालयका प्रधान अध्यापक नवराज भट्टले विद्यालयमा सुरक्षित सिकाईको वातावरण निर्माण गर्नमा सहयोग पुगेको बताए ।

अनुगमन टोलीका प्रमुख तथा गोदावरी नगर पालिका उप प्रमुख रत्न खडायतले कार्यक्रमले राम्रो उपलब्धी हासिल गरेको बताए। नगर पालिका कार्यालयमा आयोजना गरिएको समिक्षा बैठकमा विद्यालय अनुगमनको बेला देखेको उपलब्धीहरुलाई हेर्दा सुरक्षित सिकाई कार्यक्रमको उपलब्धीहरु अन्य विद्यालयमा पनि लागु गर्नु उपयुक्त हुने धारणा राखे।

कार्यक्रममा नगरपालिकाका शिक्षा शाखा प्रमुख बसन्त खत्रीले विद्यालयमा आवश्यक यस्ता कार्यक्रम लाभादायि भएकोले विद्यालयहरुले यसबाट पुर्ण फाईदा लिन सक्नुपर्ने र नगर पालिका त्यसका लागि समन्वय गर्न सँधै तत्पर रहेको बताए । कार्यक्रममा नगरपालिकाको महिला तथा बालबालिका शाखा, स्वास्थ्य शाखा, योजना शाखा र सामाजिक विकास शाखाका प्रतिनीधिहरुको पनि सहभागिता थियो ।

कार्यक्रममा मर्सिकोर नेपाल धनगढीका अनुगमन तथा मुल्याँकन संयोजक गणेशराज भट्टले कार्यक्रमको लक्ष्य, उद्देश्य र कार्यपद्घतिबारे जानकारी गराउनुभएको थियो भने बेसका जिल्ला अधिकृत मिना बि.क. ले गोदावरी नगरपालिकाभित्र परियोजनाले गरेका क्रियाकलापहरुबारे बताएकी थिइन्।

बिहिबार, पुष २३, २०७७ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?

Recent Posts

  • डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
  • बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.