धनगढी, २३ पुस/ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटी सदस्य तथा सुदूरपश्चिम इन्चार्ज भीम रावलले आफु विरुद्ध कुप्रचार गर्नु अराजक र उछृंखलता प्रवृत्ति मात्रै भएको टिप्पणी गरेका छन् ।
पार्टी विभाजनपछि रावलले नेकपा सुदूरपश्चिम प्रदेश कमिटीको खाताबाट ३० लाख रकम हिनामिना गरेको प्रधामन्त्री केपी शर्मा ओली समुहले आरोप लगाउदै आएको छ ।
ओली समुहका प्रदेश अध्यक्ष कर्ण थापालाई जानकारी नै नगराई कृषि विकास बैंकमा रहेको पार्टीको ३० लाख रकम प्रचण्ड–नेपाल समुहले निकालेपछि ओली समुहका नेताहरुले रावलमाथि आक्रोस पोख्दै आएका छन् ।
यही बिषयमा रावलले सामाजिक सञ्जाल ट्वीटरमा प्रदेश कमिटीका सचिव र कार्यालय सचिवले पार्टीको खाता सञ्चालन गर्दा आफुलाई रकमको ‘अपचलन’ गरेको भनी कुप्रचार गर्दै गालिगलौज गर्नु अराजक र उछृंखलता मात्र भएको लेखेका छन् ।
“नेकपा, सुदूरपश्चिम प्रदेश कमिटीका आधिकारिक सचिव र कार्यालय सचिवले पार्टीको खाता सञ्चालन गर्दा मलाई रकमको ’अपचलन’ गरेको भनी कुप्रचार गर्दै गालिगलौज गर्नु फुटबादी पार्टी विधि मिचाहाहरूको अराजक प्रवृत्ति र उछृंखलता मात्र हो ।”
