धनगढी, २३ पुस
धनगढी उप–महानगरपालिकाले आयोजना गरेको खोप तथा भ्याक्सीनको कोल्डचेन ब्यबस्थापन सम्वन्धी तालिम सम्पन्न गरेको छ ।
ढुवानी प्रकृयालाई प्रभावकारी बनाई ढुवानीको समयमा खोप तथा भ्याक्सीन कोल्डचेन ब्यबस्थापनका आधार र मापदण्डका बारेमा स्वास्थ्यका कार्यालय सहयोगीहरुलाई तालिम दिईएको हो । खोप तथा भ्याक्सीनको ढुवानी कार्यालय सहयोगिले गर्दछन् । ढुवानीका क्रममा हुने सानोत्रुटीले निकै ठूलो असर पर्नसक्दछ धनगढी उप–महानगरपालिकाका उप–प्रमुख सुशीला मिश्र भट्टले भनिन्,‘त्यसैले नगरका स्वास्थ्य संस्थामा कार्यरत कार्यालय सहयोगिलाई तालिम दिईएको हो । कतिपय ठाउँमा खोप तथा भ्याक्सीनको खरावीले ठूला घटना घटेका छन् उप–प्रमुख भट्टले भनिन्, ‘त्यसैले ढुवानीको समयमा हुन सक्ने त्रुटी हटाउन तालिम आवश्यक हो ।’

धनगढी उप–महानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत जगन्नाथ पन्तले खोप तथा भ्याक्सीन निकै सम्वेदनशिल बस्तु भएको बताए । उनले भने, खोप तथा भ्याक्सीन ढुवानीकर्ताले थोरैपनि मापदण्ड पुरा नगर्दा समस्या सिर्जना हुन सक्दछ ।’
धनगढी उप–महानगरपालिका स्वास्थ्य शाखा प्रमुख डाक्टर खगेन्द्र बमले खोप तथा भ्याक्सीनको ढुवानी गर्ने ब्यक्ति सबैभन्दा महत्वपूर्ण पक्ष भएको बताए । निश्चीत ठाउँबाट ढुवानी गरेर खोप लगाउने स्थान सम्म पु¥याउने काम कार्यालय सहयोगिले गर्दछन् स्वास्थ्य शाखा प्रमुख बमले भने, ‘त्यस कारण पनि तालिम आवश्यक हो’