दिनेश धामी ।
बझाङ,२२ पुस/ सुदूरपश्चिम प्रदेशको उच्च पहाडी र हिमाली क्षेत्रमा हिउँदे बर्षा भइरहेको छ ।
बझाङको उच्च पहाडी र हिमाली क्षेत्रमा बर्षा भएको हो। आज बिहानदेखि भइरहेको छिनछिको वर्षाका कारण जनजीवन प्रभावित बनेको छ।
बर्षापछि चिसो बढेको छ । जिल्लाको बित्थडचिर, बुङ्गल, केदारस्युँ, तलकोट गाउपालिकाको विभिन्न ठाउमा वर्षा भइरहेको छ भने हिमपात हुने सम्भावना देखीएको छ ।
भने केही स्थानमा लामो समयको खडेरीपछि हिउँदमा परेको पानीले जिल्लाका किसान खुसी भएका छन् । बालीनाली सुक्नै लागेको बेला पानी पर्दा किसान खुसी भएका हुन् ।