धनगढी, २१ पुस
धनगढी उप–महानगरपालीकाको न्यायीक समितिले आयोजना गरेको मेल मिलापकर्ताहरुका लागि एक दिने पुर्नताजकी कार्यक्रम मंगलबार सम्पन्न भएको छ ।
मेलमिलापकर्ताहरुलाई मेलमिलाप सम्वन्धी सिप र ज्ञानका बारेमा पुर्नताजकी गराउने उदेश्यले कार्यक्रमको आयोजना गरिएको धनगढी उप–महानगरपालिकाका उप–प्रमुख तथा न्यायीक समितिका संयोजक सुशीला मिश्र भट्टले बताईन् । मेलमिलापकर्ताहरुले बिवादमा मेलमिलापका लागि सहजीकरण गर्दा भोग्नुपरेका समस्या र अनुभवहरु वहाँहरुबाट नै सुन्ने काम भयो न्यायीक समितिका संयोजक भट्टले भनिन्, ‘ आगामी दिनमा मेलमिलापकर्ताले कसरी प्रभावकारी रुपमा काम गर्न सक्दछन् भन्नेमा राम्रो छलफल भयो ।’ मेलमिलापकर्ता बाट धेरै राम्रा सुझावहरु आएको न्यायीक समिति संयोजक भट्टले बताईन ।

न्यायीक समितिका संयोजक भट्टले सबै वडामा मेलमिलापकर्ताहरुलाई काम गर्नका लागि मेलमिलाप केन्द्रको ब्यबस्थापन गर्नेकाम भैरहेको बताईन । केहि समयपछि पुर्नताजकी तालिमको आयोजना गरिने जानकारी पनि न्यायीक समितिका संयोजक भट्टले दिईन ।
धनगढी उप–महानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत जगन्नाथ पन्तले न्याय सम्पादनको काम आफैमा जटिल हुने बताए । मेलमिलापकर्ताहरुले फैसलागर्ने होईन बिवाद मिलाउने हो प्रमुख प्रशासकिय अधिकृत पन्तले भने, ‘त्यसैले मुद्धा नभएर मेलमिलापकर्ता कहाँ आउने बिवाद हो ।’ बिवादकर्ताहरु भित्रै देखि मिलेपछि मात्रै साँच्चै बिवाद मिलेको मानिन्छ प्रमुख प्रशासकिय अधिकृत पन्तले भने,‘ बिवाद मिलेपछि त्यसको कसैले कार्यान्वयन गराउनै पर्दैन ।’