धनगढी १९ पुस/ सोमबार धनगढीमा जातिय विभेद अन्त्यका लागी प्रदेश तथा स्थानिय तहका नीति निर्मता र सरोकारवालाहरु संग अन्तक्रिया कार्यक्रम सम्पन्न भएको छ । एनएनडिसडब्लुको आयोजनामा भएको कार्यक्रममा सहभागीहरुले जातिय विभेद विरुद्धको कानुन कमजोर भएको बताएका छन् ।
जातिय विभेद दलित समुदायको मात्रै नभएर गैर दलितहरुमा पनि व्याप्त रहेको भन्दै समाजमा हुने विभिन्न खाले छुवाछुद र भेदभावलार्ई अन्त्य गर्नुपर्ने सवालहरु उठाएका छन् । स्थानिय र प्रदेश सरकारले कानुन बनाउदा दलित समुदायका हक अधिकार सुनिश्चित हुनुपर्ने, समानुपातीक समावेशीताको लागी संविधानमा व्यवस्था भए अनुसार उल्लेख हुनुपर्ने जस्ता बिषय उठाएका थिए ।
सहभागीहरुले प्रदेश सभाका बिषयगत समिती र सरकारमा दलितको सहभागीता नभएको गुनासो गरेका छन् ।
सहभागी प्रेम बिसीले जातिय विभेद विरुद्धका सजाय सम्बन्धी कानुन निमार्णमा प्रदेश सरकार र स्थानिय सरकारले लापरबाही रहेको आरोप लगाए । उनले कानुन कमजोर रहेको भन्दै सरकारदे कडा कानुनको व्यवस्था गर्नुपर्ने माग गरे ।
अर्को सहभागी गणेश नेपालीले जातिय विभेद सबैभन्दा निकृष्ट काम भएकोले कानुन कार्यान्वयन तहमा फितलो भएको बताए । जातिय विभेदका मुद्धा प्रहरी र प्रशासनमा दर्ता नहुने, कानुनि सजाय पनि निकै कम रहेको कारणले समेत समाजमा यस्ता घट्नाहरु घटिरहेको उनको भनाई रहेको थियो ।शासक राम्रा नभएकै कारण समाजमा जातिय विभेद कायमै रहेको उनले बताए ।
अन्य सहभागीहरुले समेत राज्यले दलित समुदायलाई दोस्रो तहका नागरीकको रुपमा हेर्ने गरेको आरोप लगाए । दलित समुदाय पछाडी पर्नुमा नीति निर्मताहरुको कमजोरी रहेको गुनासो राखेका थिए ।
धनगढी उपमहानरगालिका–५ की दलित महीला वडा सदस्य माया ताम्राकारले मानव कलहको रुपमा रहेको जातिय विभेद समाजमा अझैपनि जरा गाडेर बसेको बताइन् । उनले प्रदेश र स्थानिय सरकारले जातिय विभेदलाई गम्भीर रुपमा हेर्नु पर्ने धारणा व्यक्त गरीन् ।
केही सहभागी सरोकारवालाहरुले भने स्थानिय तहमा नीति निमार्ण गर्दा आफुहरुले जातिय विभेदलाई गम्भीर रुपमा हेरेको प्रतिक्रिया दिए । विभेद निमार्ण समाज निमार्ण गर्नको लागी परेको समेत बताएका छन् ।
यस्तै उपमहानरगालिका–३ की दलित महीला वडा सदस्य राधा विकले आफ्नो वडाका दलितहरु सिपमा धनि रहेको बताइन् । उनले दलितको सिपलाई राज्यले नदेखेको समेत दुखेसो पोखीन् । उनिहरुको सीपको प्रदेश र स्थानिय सरकारले प्रोत्साहन गर्नुपर्ने अवस्थामा बेवास्था गरीएको बताइन् ।
यस्तै कार्यक्रममा शिक्षाविद डा.हेमराज पन्तले नीति नियम बनाएर मात्रै जातिय छुवाछुद अन्त्य नहुने बताए । उनले दलितभित्र मात्रै विभेद नभएको भन्दै सबै समुदायमा यस्तो समस्या रहेको बताए । धार्मीक विश्वासबाट चल्दै आएको समाजमा जातिय विभेद अन्त्यको लागी समाजमा चेतनाको स्तर विद्धी गर्नुपर्ने धारणा व्यक्त गरे ।
कार्यक्रममा प्रदेश सभा सदस्य टेकबहादुर रैकाले जातिय विभेद नारामा मात्रै सिमित भएको बताए । उनले जातिय विभेद अरुले नभई आफैले अन्त्य गर्नुपर्ने धारणा राखे । उनले प्रदेश लोकसेवा आयोगमा समावेशीता छुटाएको भन्दै दलितको अधिकार सुनिश्चित गर्नुपर्ने माग गरे ।
प्रदेश सभा सदस्य दुर्गा विकले जातिय विभेद अन्त्यको लागी सबैले व्यवहारमा लागु गर्नुपर्ने धारणा राखीन् । उनले प्रदेश सरकारदे निमार्ण गर्ने नीति नियममा दलितको अधिकार सुनिश्चित हुनुपर्ने बताइन् ।
कार्यक्रमका प्रमुख अतिथी दीर्घ सोडारीले जातिय विभेद अन्त्यको लागी मानिसको चेतनास्तरमा विद्धी गर्नुपर्ने बताए । उनले छुवाछुद अन्त्यको लागी कानुन कार्यान्वयनमा सरकारले थप सशक्त बनाउनुपर्ने धारणा राखे । जातिय विभेद मानव जातिको समग्र मुद्धा भएको भन्दै मानिसले सम्मान जनक जिवन बाच्च पाउनुपर्ने बताए ।