धनगढी, १९ पुस/ बझाङबाट निर्वाचित विघटित प्रतिनिधि सभा सासंद भैरव सिहं प्रधानमन्त्री केपी शर्मा ओली समुहमा खुलेरै लागेका छन् । नेकपा उपाध्यक्ष बामदेव गौतम निकट मानिने सासंद सिहं नेकपा विभाजनको चरणमा आइपुग्दासम्म कुनै समुहमा देखीएका थिएनन् ।
सोमबार धनगढीमा आयोजित ओली समुहको पत्रकार सम्मेलनमा उद्योग वाणिज्य तथा आपुर्ती मन्त्री लेखराज भट्ट संगै देखीएका सिहंले आफु ओली समुहमा लागेको प्रतिक्रीया दिएका छन् ।
माघ १४ गते प्रचण्ड–नेपाल समुहको विरोध कार्यक्रमलाई सम्बोधन गर्न काठ्माडौंबाट बझाङ पुगेका सिहं कार्यक्रम छोडेर सम्पर्क बिहीन भएका थिए । त्यसबेला आफु कुनैपनि समुहमा नरहेको र पार्टी एकताको पक्षमा रहेको प्रतिक्रिया दिएका थिए ।
लामो विवादपछि दुई समुहमा विभाजन भएको नेकपामा उपाध्यक्ष बामदेव अहिदे न्युटल अवस्थामा छन् । बामदेव निकटका सासंद पनि केही समय न्युटल रहेपनि अहिले ओली समुहमा खुलेर लागेका हुन ।
एकाएक ओली समुहमा देखीएका सिहंले आफु बामदेवकै निर्देशनमा ओली समुहमा लागेको सुदूरपत्रलाई बताएका छन् । उनले भने ‘ढिलोचाडो बामदेव जी पनि ओली समुहमै आउनु हुन्छ, उहाँकै निर्देशनमा खुलेरै ओली समुहमा लागेको हुँ ।’