धनगढी, १९ पुस/ उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले आफु धनगढी आउदाँ मुख्यमन्त्री त्रिलोचन भट्ट स्वागत गर्न नआएको भन्दै आक्रोश व्यक्त गरेका छन् ।
सोमबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री भट्टले मुख्यमन्त्रीमा राजनीतिक संस्कार नभएको समेत बताए । उनले आफुहरु धनगढी आउदाँ मुख्यमन्त्रीले स्वागत गर्नु उहाँको दायित्व भएको बताएका छन् ।
उनले भने ‘मुख्यमन्त्री काठ्माडौं जादाँ गृह मन्त्रालयले आवास, सुरक्षा, गाडीको व्यवस्था गर्दीन्छ, हामी यहाँ आउदाँ उहाँहरुको दायित्व हो, जस्तोसुकै मतभेद वा कांग्रेसको सरकार भएपनि स्वागत गर्ने दायित्व हो, त्यो सस्कार उहाँमा देखीएन ।’
यस्तै थप प्रसंगमा बोल्दै मन्त्री भट्टले प्रदेश सरकारबारे छिट्टै निर्णय हुने बताए । प्रदेश संरचना नै खारेज हुने हल्ला छनि भन्ने प्रत्रकारका प्रश्नमा भट्टले आफुहरु प्रचण्ड–नेपाल समुहका गतिविधी नियालिरहेको बताए ।
उनले भने, ‘उहाँहरुले के गर्नुहुन्छ र कस्ता क्रियाकलाप गर्नुहुन्छ हेर्दै छौ, संस्थापन पक्ष कसैलाई बदलिहाल्ने र कसैसंग गठबन्धन गरिहाल्नेबारे सोचेको छैन्, उनिहरुका कदमलाई गम्भिरतापूर्वक संघीय सरकार र पार्टी नेतृत्वले हेरिरहेका छौ ।
छिट्टै स्थायी समितीको बैठक बस्छ, त्यस्ले प्रदेश संरचना बारे कस्तो कदम चाल्नेबारे निर्णय गर्छ ।
उनले मुख्यमन्त्री त्रिलोचन भट्टले भौतिक पूर्वाधार विकास मन्त्री पठानसिंह बोहरालाई बर्खास्त गरेर राजनीतिक संस्कार विपरित काम गरेको बताए ।