प्रधानमन्त्री केपी शर्मा ओलीले वैशाखमा चुनाव हुने दाबी गरेका छन्।
विघटन गरेको प्रतिनिधि सभा पुनर्स्थापना नहुने उनले बताएका छन्।
‘तोकिएकै समयमा चुनाव हुन्छ,’ अनेरास्ववियूले आज काठमाडौंमा गरेको भेलामा प्रधानमन्त्री ओलीले भने, ‘विघटित संसद बौरिँदैन।’
उनले नेतृत्वलाई खुल्याउने काम विगतमा भएको पनि बताए। ‘प्रधानमन्त्री र नेतृत्वलाई खुल्याउने ?’ उनले प्रश्न गरे, ‘खुमलटारमा २८० वटा बैठक पार्टी फुटाउन बसेछ।’
उनले सरकारका राम्रा कामको पार्टीभित्रकै नेताहरूले ढाकछोप गरेको पनि बताए।