धनगढी, १९ पुस
धनगढी उप–महानगरपालिकाले आयोजना गरेको स्वास्थ्यकर्मीहरुलाई मातृ तथा पेरिनेटल मृत्यू, निगरानी तथा प्रतिकार्य सम्वन्धी अभिमूखीकरण आईतबार सम्पन्न भएको छ ।

मातृ तथा पेरिनेटल मृत्य घटाउनका लागि नगरका स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीहरुलाई अभिमूखीकरण दिईएको हो । धनगढी उप–महानगरपालिकाका नगरप्रमुख नृपबहादुर वडले मातृ तथा पेरिनेटल मृत्य घटाउन स्वास्थ्यकर्मीका साथै स्वयं परिवारका सदस्यहरु सचेत हुनुपर्ने बताए । स्वास्थ्यकर्मीहरुले सही सल्लाह, परामर्श र उपचार सेवा दिन सकेमा मातृ तथा पेरिनेटल मृत्य घटाउन सकिन्छ ।
धनगढी उप–महानगरपालिका उप–प्रमुख सुशीला मिश्र भट्टले मातृ तथा पेरिनेटल मृत्य दर घटाउनकै लागि निगरानी तथा प्रतिकार्य सम्वन्धी अभिमूखीकरणको आयोजना गरिएको बताईन । धनगढी उप–महानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत जगन्नाथ पन्तले पछिल्लो समयमा मातृ, पेरिनेटल मृत्यदर लगायत बिभिन्न स्वास्थ्य सुचकहरुमा सुधार हुदै आएको बताए ।
अभिमूकीकरण कार्यक्रममा डाक्टर खगेन्द्र बम, जनस्वास्थ्य अधिकृत जानकी पराजुलीले सहजीकरण गरेका थिए ।