धनगढी, १८ पुस/ नेकपाका स्थायी समिति सदस्य भीम रावलले सुदूरपश्चिम प्रदेश सरकार ढल्न अवस्थामा नरहेको बताएका छन् ।
शनिबार प्रदेश पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रदेश सरकारमा कुनै हलचल नआउने बताएका हुन । रावलले भने ‘बाहिर कस्ले के कुरा गर्छन तर एकताबद्ध भएर सरकार चलाउने निर्णय संसदीय दलको बैठकले गरिसकेको छ ।’
शुक्रबार भएको प्रदेश कमिटीको बैठकका निर्णय बारे जानकारी दिने उद्धेश्यले आयोजित पत्रकार सम्मेलनमा एक फरक प्रश्नको जवाफमा उनले भने सरकार विस्तार गर्ने वा रिक्त रहेको मन्त्री थप्ने काम प्रदेश सरकारकै भएको पनि बताए ।
५३ सदस्यीय प्रदेश सभामा नेकपाका ३९ जना सांसद रहेकोमा दुई जना सभामुख र उपसभामुख रहेका छन् । वाँकी ३७ जना मध्ये ३१ जना सरकारको पक्षमा रहेको दावी सरकार पक्षको रहेको छ ।