धनगढी, १८ पुस/ कैलालीमा सबैभन्दा बढी पटक रक्तदान गर्ने रक्तदान धनगढीका दीपक उपाध्याय नेपाल आज सम्मानित भएका छन् ।
उनले दिएको योगदानको कदर गर्दै लायन्स क्लब अफ धनगढी ग्रीन सिटीले सम्मान गरेको हो । धनगढी उपमहानगरपालिका–७ पटेलामा क्लबद्वारा आयोजित रक्तदान कार्यक्रममा रक्तदाता उपाध्यायलाई सम्मान गरिएको छ ।
कार्यक्रमका प्रमुख अतिथि सि बि चन्द र बिषिस्ट अतिथिशिक्षाविद डा. हेमराज पन्तले उपाध्यायलाई दोसल्ला ओढाएर सम्मानपत्र हस्तान्तरण गरे । उपाध्याय विभिन्न व्यक्तिलाई रक्तदान गर्नका लागि पनि प्रेरित गर्दै आएका छन् ।
यसैबीच, पटेलामा भएको रक्तदान कार्यक्रममा १६ जनाले रक्तदान गरेका जनाइएको छ ।
