धनगढी, १७ पुस/ कञ्चनपुरको पुर्नवास नगरपालिका र लालझाडी गाउँपालिका जोड्ने झोलुङ्गे पुल उद्घाटन भएको छ ।
सुदूरपश्चिम प्रदेश सरकारको भौतिक पूर्वाधार विकास कार्यालयले निमार्ण गरेको उक्त पुलका प्रदेश सभा सदस्य तारा लामातामाङले शुक्रबार उद्घाटन गरेका हुन ।
पुल निमार्ण भएपछि पुर्नवास र लालझाडी गाउँपालिकाका बासिन्दाको आवतजावत सहज हुने भएको छ । एक करोड ९९ लाख लागतमा निमार्ण भएको पुलको लम्बाई २०३ मिटर लामो रहेको पूर्वाधार विकास कार्यालयका प्रमुख दीपक नेगीले बताए ।
पुल उद्घाटन कार्यक्रममा पुर्नवास नगरपालिका प्रमुख जीवनराज थापा र लालझाडी गाउँपालिकाका अध्यक्ष मदन बडायकको पनि उपस्थिति रहेको छ ।
पुल बनेपछि दैनिकरुपमा हेर्न आउनेको संख्या एक हजारको हाराहारीमा रहेको स्थानीय खेम रानाले बताए ।