• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

सुदूरपश्चिमका पहाडी जिल्लाका सडकमा ट्राफिक सङ्केत मेटिदै

धनगढी १७ पुस/ सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाका विभिन्न राजमार्गमा ट्राफिक सङ्केत अर्थात् चिह्न नहुँदा सवारी चालकलाई समस्या हुने गरेको पाइएको छ । कतिपय ठाउँमा राखिएका ट्राफिक सङ्केत हराउने तथा फालिएका कारण सवारी चलाउँदा दुर्घटनाको जोखिम पनि बढेको चालक बताउँछन् । बैतडी, बझाङ, डडेल्धुरा, बाजुरा, दार्चुला तथा डोटीका राजमार्गमा राखिएका ट्राफिक चिह्न वर्षेनी हराउँदै जान थालेका छन् ।

कैलालीको अत्तरियादेखि डडेल्धुराको स्याउले जोड्ने भीमदत्त राजमार्ग, डडेल्धुरा–बैतडी जोड्ने महाकाली राजमार्ग, दशरथचन्द राजमार्ग, स्याउले–दिपायल जोड्ने डाक्टर केआइसिंह राजमार्ग, बैतडी–बझाङ जोड्ने जयपृथ्वी राजमार्ग तथा दिपायल–साफे जोड्ने पहलमानसिंह स्वाँर राजमार्गमा राखिएका कतिपय ट्राफिक चिह्न जीर्ण बन्दै गएका भए पनि मर्मत तथा सुधारका लागि पहल हुनसकेको छैन ।

यहाँका पहाडी राजमार्ग निकै साँघुरा भएका तथा त्यसैमा पनि कतिपय ठाउँमा ट्राफिक सङ्केत नभएका कारण चालकलाई सवारी साधन सञ्चालन गर्नमा कठिनाइ हुनुका साथै दुर्घटना बढ्ने सम्भावना रहेको सुदूरपश्चिम बस व्यवसायी समितिका बसचालक मदन भट्टले बताए । उनले भने, “राजमार्गमा राखिएका ट्राफिक सङ्केत कोही पुराना भइसके कतिपय हराइसके नयाँ चालकलाई गाडी चलाउन निकै समस्या हुने गरेको छ, दुर्घटना पनि बढेको अवस्था छ ।”

ट्राफिक सङ्केत नहुँदा सबैभन्दा बढी लामो दूरी तथा रातिको समयमा गाडी चालकलाई बढी समस्या हुने गरेको उनको भनाइ छ । पहाडी जिल्लाका राजमार्गमा ट्राफिक सङ्केत हराउँदा तथा चोरी हुँदासमेत त्यसको रोकथाम र मर्मतका लागि खासै पहल हुन नसकेको गैरा बजारका स्थानीयवासी मोहनबहादुर मल्लले आरोप लगा । उनले भने, “महिनैपिच्छे ट्राफिक सङ्केत चोरी हुन्छन्, सम्बन्धित निकायले न चोर पक्रिन सकेको छ, न नयाँ निर्माण गरेको छ, सबैको लापरवाही उत्तिकै रहेको छ ।”

राजमार्गका ट्राफिक चिह्न वर्षेनी हराउँदै गएका कारण यहाँका राजमार्गमा पछिल्लो समय सवारी दुर्घटना बढ्न थालेको कतिपय नागरिकको बुझाइ छ । ट्राफिक चिह्नले अगाडि आउने बाटोको अवस्था तथा राति गाडी चलाउँदा लाइटबारे जानकारी दिने भएका कारण गाडी सञ्चालनमा सहजता हुने भए पनि ती चिह्न नै नहुँदा समस्या हुने गरेको शैलेस्वरी यातायात व्यवसायी समिति दिपायलका हाइसचालक बमबहादुर बोहराले बताए ।

पहाडी राजमार्गमा भएका ट्राफिक सङ्केतलगायत अन्य चिजको सुरक्षा तथा दुर्घटनाबारे तत्काल जानकारी दिनका लागि सडक कार्यालयले ठाउँठाउँमा आफ्ना कर्मचारी राखेको भए पनि ट्राफिक सङ्केत कसले लैजान्छ भन्नेबारे उनीहरुलाई जानकारी नहुने गरेका कारण चोर पक्राउ गर्न समस्या हुने गरेको सडक डिभिजन कार्यालय दिपायलका कर्मचारी डम्बरबहादुर विष्टले बताए ।

उनले भने, “राजमार्गमा काम गर्ने, अनुगमन गर्ने कर्मचारी राखिएको तर कर्मचारी नभएको समयमा ट्राफिक सङ्केत चोरिने भएको हँदा समस्या उत्पन्न भएको हो ।” ट्राफिक चिह्न मर्मत तथा जीर्णोद्वारका लागि छुट्टै बजेटको व्यवस्था नगरिएकाले अहिले समस्या आएको भए पनि जीर्ण ट्राफिक चिह्नलाई तत्कालै मर्मत गरिने डिभिजन सडक कार्यालय दिपायल कुल्पातेले जनाएको छ ।

शुक्रबार, पुष १७, २०७७ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.