धनगढी, १७ पुस/ नेकपा सुदूरपश्चिम सह–इन्चार्ज भानुभक्त जोशीले आधिकारीक नेकपा पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले नेतृत्व गरेको पार्टी भएको बताएका छन् । शुक्रबार धनगढीमा आयोजीत प्रदेश कमिटिको चौथो बैठ्कमा बोल्दै जोशीले आधिकारीक नेकपा प्रचण्ड–नेपाल समुह नै भएको दाबि गरेका हुन् ।
उनले बैठ्कमा सहभागीहरुलाई भ्रममा नपर्न आग्रह गर्दै भने–‘निर्वाचन आयोगमा हाम्रो स्पष्ट बहुमत छ, आधिकारीक पार्टी हाम्रै हो, सुर्य चिन्हपनि हाम्रै हो, चोइटिएर गएकाहरुले आश नगर्दा हुन्छ ।’
‘संघिय व्यवस्था मन नपरेकाहरुले दुई तिहाइ मन पराएनन् र ससंद विघटन गरे जोशीले भने । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानमा हुदै नभएको अधिकार प्रयोग गर्दै प्रतिनिधि सभा विघटन गरेका छन्, यसको कडा रुपमा प्रतिवाद गर्नुपर्छ ।’
उनले जनताले दिएको दुई तिहाइ मतको अपमान गर्दै ओलीले संविधान विपरीत कु गरेको बताए । जोशीले गाउँगाउँमा भ्रम छर्ने काम भइरहेको भन्दै कसैलाई भ्रममा नपर्न र प्रचण्ड र माधव नेपालले नेतृत्व गरेको नेकपा आउन आग्रह गरे ।
भिडियो हेर्न यहा Click गर्नुहोस्