धनगढी, पुष १७ / बिभाजनको संघारमा रहेको नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० को जिल्लाहरुमा पनि विभाजन देखिन थालेको छ । केन्द्रिमा नेकपाको ओली र प्रचण्ड–नेपाल समूह निर्माण भएसंगै जिल्ला – जिल्लामा पनि पार्टीका पदाधिकारीहर कुन समूहमा लाग्ने भनेर खुल्न थालेका छन ।
यसैबिच सुदूरपश्चिमका ९ जिल्लाका जिल्ला अध्यक्ष र सचिवले पनि आफ्नो कित्ता क्लियर गरेका छन । जसमा ५ जिल्लाका अध्यक्ष प्रचण्ड– नेपाल समूहमा लागेका छन भने ४ जिल्ला अध्यक्ष ओली पक्षमा खुलेका छन । त्यस्तै ८ जिल्ला सचिव प्रचण्ड– नेपाल पक्षमा छन भने १ जिल्ला सचिव मात्रै ओली पक्षमा उभिएका छन ।
