धनगढी, १६ पुस/ धनगढी उप–महानगरपालिका–३ को रिङरोड छेउमै एउटा सानो घर छ सुशिला सार्कीको । घर जमिननै नभएकी सार्की बिगतदेखीनै रिङरोड छेउमा रहेको जमिनमा घर बनाएर बसिरहेकि छिन् ।
३ छोराछोरीकी आमा शुसिलाका श्रीमान रोजगारीका लागी भारत थिए । भारतबाट फर्केको केही दिनमै उनको हृदयघातका कारण मृत्यु भयो । आर्थिक अभावकै कारण दुई छोरालाई समेत उनले बिद्यालय पढाउन पाइनन् । एउटा कमाउने श्रीमानकोपनि निधन भएपछि उनि बियोगमा छिन् ।
श्रीमानको निधनसंगै बियोगमा रहेकी सुशिलालाई धनगढी उपमहानरगपालिका–३ का अध्यक्ष बल बहादूर ऐरले सहयोग गरेका छन् । दयनिय अवस्थामा रहेकी सुशिलाको घर पुगेका वडाध्यक्ष ऐरले व्यक्तिगत सहयोग गरे ।
वडाध्यक्ष ऐरले आफ्नो जन्मदिनको अवसरमा खाद्यान्न, लुगाकपडा लगायतका समान सहयोग गरेका छन् ।
सुशिला सहयोग हस्तान्तरण गर्दै ऐरले अरुलाइपनि सहयोग गरिदिन आग्रह गरेका छन् ।
जन्मदिनकै अवसरमा वडाध्यक्ष ऐरले उप–महानगरपालिका–३ कै गौसालामापनि दाना सहयोग गरेका छन् । साथै दृष्टी फाउण्डेशन मार्फत धनगढी उप महानगरपालिका १३ की एक बिपन्न महिलालाई लुगा कपडाका लागी सहयोग गरेका छन् ।