धनगढी, १५ पुस
धनगढी उप–महानगरपालिकाका नगरप्रमुख नृपबहादुर वडले बुधवार सामुदायीक भवनको उद्घाटन गरेका छन् ।
उप–महानगरपालिका वडा नं ६ मा रहेको दोघरा टोल विकास संस्थाको भवनको उद्घाटन गरेका हुन । नगरप्रमुख नृपबहादुर वडले सामुदायीक भवनले दोघरा क्षेत्रमा सानातिना कार्यक्रमहरु आयोजना गर्दा, टोल समिति र समुहको जमघट, भेला, बैठक गर्न सजिलो हुने बताए । आफु निर्वाचित भएर आएपछि वडा नं ६ को सबैभन्दा पछाडी परेको टोल दोघरालाई प्राथमिकतामा राखेर काम गरेको नगरप्रमुख वडले बताए ।
धनगढी उप–महानगरपालिका वडा नं ६ वडा समितिका सभापती डण्डीराज सुवेदीले उप–महानगरपालिकाको ९ लाख बजेट र स्थानीयको २ लाख श्रमदान गरि ११ लाखको लागतमा भवन निर्माण सम्पन्न भएको बताए ।