डडेल्धुरा १३ पुस/ नेपाली काँग्रेसका युवा नेता एवं नेपाल बिद्यार्थी संघका पुर्व अध्यक्ष नैन सिंह महरले कम्युनिष्टहरु प्रजातन्त्र र जनताको दुश्मन भएको बताएका छन । संसद विघटन विरुद्ध नेपाली कांग्रेसले सोमबार देशभरका १६५ वटै निर्वाचन क्षेत्रमा गरेको विरोधसभाको कार्यक्रम अन्तरर्गत गृह जिल्ला डडेल्धुरामा गरिएको विरोधसभा लाई सम्बोधन गर्दै नेता महरले कम्युनिष्टहरु एमाले, बिमाले, माले मण्डले सबै एउटै भएको बताए ।
सबै कम्युनिष्टहरु एकै भएकाले हाम्रो नजरमा हरेक कम्युनिष्ट प्रजातन्त्र र जनताका दुमन हुन । उनले भने, कम्युनिष्टहरु जनताको आँखामा छारो हालेर सत्तामा पुग्दछ । अनि तिनै जनता माथि बुट बजार्ने काम गर्दैछन । यिनै कुराहरु लाई नंग्याउनका लागी, कम्युनिष्ट व्यवविचारको अन्त्यका लागी, कम्युनिष्ट सर्व सत्तावादको अन्त्यको लागी हामि आन्दोलित भएका छौ । जनताको आन्दोलन अगाडी बढेको छ ।
यो नेपाली कांग्रेसको मात्रै विरोधसभा होईन । उनले भने, जनताको विरोधसभा हो । नेपालको राज्य व्यवस्था, नेपालको सरकार, नेपालको समपुर्ण समृद्धि नेपाली जनताको सरोकारको विषय हो । त्यस कारण जनताको प्रतिनिध पात्रका रुपमा नेपाली कांग्रेस पार्टी अग्रमोर्चामा उभिएका कारण, संसदको प्रमुख प्रतिपक्ष भएका कारण हामिले जनताका सरोकारका विषयमा बोल्नु पर्छ । नेपालका कुनै पनि कम्युनिष्टका नाममा हामि यो वा त्यो भन्दैनौ ।उनले थपे, हिजो प्रचण्डको अद्रायी कदमका विरुद्धमा हामि थियौ । माधव नेपालको निरंकुताका विरुद्धमा हामि थियौ । अहिले आएर केपि ओलीको निरंकुताका विरुद्धमा हामि छौ ।
कांग्रेसले १६५ निर्वाचन क्षेत्रमा प्रदर्शन गर्नु पुर्व ७७ वटै जिल्ला सदरमुकाममा गत मंसिर २९ गते विरोधसभा गरेको बताउदै उनले कुरा केपि ओलिको मात्रै नभएको औल्याए । संसद विघटनको मात्रै पनि होईन । उनले भने, आज भन्दा करिब तिन वर्ष अगाडी हामिले एमाले र माओवादीको गठबन्धन लाई अप्राकृतिक भनेका थियौ । त्यति बेला जनता समक्ष सामान्य कुरा पु¥याउन सकेनौ ।त्यो गठबन्धनले हिजो नताका आँखामा छारो हालेर । देशको समृद्धिका लागी समृद्ध नेपाल सुखि नेपालीको नाराले करिब करिब दुई तिहाई मत प्राप्त गरि सत्तासिन हुन पुग्यो । त्यस पछाडी कम्युनिष्टले भनेका एक कुरा पनि पुरा भएन्न । म आज यहाँ अग्रमोर्चमा रहेर कसम खाएर भन्दै छु । आफ्नो घोषणा पत्रमा लेखिएको एक प्रतिशत पनि काम गर्नु भएको छ रु म ९९ प्रतिशत भनिरहेको छैन । एक प्रतिशत काम पनि भएको छ भने हामि राजनिति बाट जोगि, सन्यासी बन्न तयार छौ ।
जनताले तिरो तिरेको पैसामा भ्रष्टाचारको रजगँज को ले गर्ने भन्ने बिषयमा कम्युनिष्ट पार्टी आजका दिन सम्म तिन वर्ष यता प्रधानमन्त्रिको सरकारी निवासमा पार्टीको कार्यालय बनाएर बसेको उनले बताए । यस कारण केपि ओलीको असंवैधानिक र अप्रजातान्त्रिक कदमका विरुद्ध नेपाली कांग्रेस छ । रहि रहने छ । र यसको हामि देशैभर विरोध गर्ने उनले बताए ।