धनगढी, १२ पुस/ सरकारले काठ दाउरा विक्री वितरण खोल्नुपर्ने माग गर्दै वैज्ञानिक वन व्यवस्थापन सरोकारवाला सञ्जालले आईतबार डिभिजन वन कार्यालय धनगढीमा धर्ना दिएका छन् । उनीहरुले पुर्वघोषित कार्यक्रम अनुसार आईतबार डिभिजन वन कार्यालय धनगढीमा धर्ना दिएका हुन् ।
सरकारले सामुदायिक वनमा घाटगद्यीमा रहेका काठको हैसियत बिग्रीदा पनि सरकारले कुनै ठोस योजना ल्याउन नसकेको भन्दै उनीहरु आन्दोलनमा उत्रेका हुन् । सरकारले २०७७ जेठ १५ गते देशभर काठदाउरा बिक्री बितरणमा रोक लगाएको थियो । सरकारले कुनै योजना बिनै हचुवाको भरमा काठ बिक्री बितरण रोक लगाउदा देशभरकै अर्थतन्त्र धरासायी अबस्थामा पुगेको अन्दोलनमा सहभागि भारताल साझेदारी वनका संयोजक यावद भण्डारीले जानकारी दिए ।
‘नेपालमा सामुदायिक वनका घाटगद्यीमा काठ थन्किएर कुहीने अबस्थामा पुगि सके तर, सरकारले ति काठ व्यबस्थापन गर्न कुनै योजना ल्याएको छैन’ बाह्रबन साझेदारीको अध्यक्ष ठक्कर शाहीले भने–‘यो सरकारले निर्णय नसच्याय सम्म हाम्रो हाम्रो आन्दोलन जारी हुन्छ ।’
सरकारले बिदेशी काठ भित्राउने चलखेलले पनि नेपालमा बिक्री बितरण रोक लगाएको वैज्ञानिक वन व्यवस्थापन सरोकारवाला सञ्जाल धनगढीका अध्यक्ष गणेश रावलले बताए ।
उनीहरुको आन्दोलन कार्यक्रम अन्र्तगत पुस ७ गते मुख्यमन्त्री कार्यालयमार्फत प्रधानमन्त्रीसहित विभिन्न निकायमा ध्यानाकर्षण पत्र बुझाइ सुरु गरेको बताईएको छ । उनीहरुको १३ गते जिल्ला प्रशासन कार्यालय कैलाली र कञ्चनपुरमा धर्ना, १४ गते सुदूरपश्चिम उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय र १५ गते मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा धर्ना दिने कार्यक्रम रहेको छ । उक्त आन्दोलनबाट पनि सरकारले सुनुवाई नगरे १६ गतेदेखि राजमार्ग अनिश्चितकालिन चक्का जाम गरिने उनीहरुले बताएका छन् ।