धनगढी, १२ पुस/ धनगढी उप–महानगरपालिका वडा नं १४ का तेज प्रकाश तिवारी कोरोनाको संक्रमण फैलिएपछि मलेसियाको मजदुरी छोडेर घर फर्किए । महामारीको बेला पाएको दुःखले उनले कहिल्यै बिदेश नजाने बनायो । तिवारीले अहिले ब्यावायीक रुपमा बाख्रा पालन गरेका छन् ।
धनगढी उप–महानगरपालिका वडा नं १ शान्तिकटानका पदमबहादुर सिंहको कोरोनाका कारण भारतको चौकिदारी छुट्यो । बाटो खर्चको जोहो गरेर नेपाल फर्किएका सिंहले अहिले कुखुरा पालन गरेका छन् । ४० दिनमै ४५ हजार कमाएको बताउने सिंह अव कहिल्यै परदेश नजाने बताउँछन् ।
तिवारी र सिंह मात्रै होईनन् कोरोनाको कहरका बिच धनगढी उप–महानगरपालिका वडा नं १, १४ र १५ मा १ सय ५० जनाले नयाँ ब्यावसाय सुरु गरेका छन् । कोभिड १९ प्रभावितका लागि सामाजिक आर्थिक रिकभरी परियोजना सुरु गरेर बिदेशबाट फर्किएरलाई स्वरोजगार बनाउन सुरु गरेको छ ।

बिदेशबाट फर्किकाहरुलाई ब्यावसायीक रुपमा बाख्रापालन, कुखुरापालन, तरकारी खेती, च्याउँ खेती, बंगुरपालन र होटल ब्यावसाय गर्न तर्फ उत्प्रेरीत गरिरहेको छ । ब्यावसाय गर्नका लागि सबैभन्दा पहिले ब्यक्तिलाई मानसिक रुपमा तयार गर्न निकै समस्या रहेछ धनगढी उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वडले भने, ‘लकडाउनकै समयमा बिदेशबाट फर्किएकाहरुको विवरण संकलन गरेर उनिहरुमा ईच्छाशक्ति जगाउनका लागि उद्यमशिलता विकास तालिम दिएर केहि अनुदान र केही स्वयंको लगानीमा ब्यावसाय सुरु गर्न लगाईयो ।’
धनगढी उप–महानगरपालिका र यूएनडिपीलेको सहयोगमा कोभिड १९ प्रभावितका लागि सामाजिक आर्थिक रिकभरी परियोजना सुरु गरेको छ ।
यसको स्थानीय साझेदारी लघु उद्यमी समुहले गरेको नगरप्रमुख वडले बताए । धनगढी उप–महानगरपालिका १४ कि बिस्ना थापाले बिदेश कहिल्यै नजाने मनस्थीति बनाएर तरकारी खेती सुरु गरेको बताईन । श्रीमान कामका लागि भारत जानुहुन्थ्यो थापाले भनिन्, ‘अहिले संगै आर्गानीक तरकारी खेती गरिरहेका छौं । भारतमा नौकरी गरेर कमाउने पैशा गाउँमै तरकारी खेती गरेर कमाउन सकिने सम्भावना देखेकाले आफुहरुले ब्यावसायी रुपमा लागेको उनले बताईन ।