डोटी, १२ पुस/बडिकेदार गाउँपालिकामा उपभोक्ता समितिका पदाधिकारीहरुलाई तीन दिने उपभोक्ता समिति व्यवस्थापन तालिम शुरु भएको छ। बडिकेदार गाउपालिका ग्रामिण जलस्रोत व्यवस्थापनको अयोजना केदार ग्रामिण विकास समाज नेपालको सहजिकरणमा तालिमको सञ्चलन गरिएको हो ।
कार्यक्रममा बोल्दै गाउँपालिकाका उपाध्यक्ष इन्द्रा बोहराभाटले सहभागीलाई तालिमा सेकेका कुराहरुलाई कायन्वन ग्रन आग्रह गर्नुभयो । साथै ग्रामिण जलस्रोत व्यवस्थापन परियोजनाले गर्ने खानेपानी सिचाइ र घरबारि लगातका क्षेत्रमा काम गरिरहेको हुनाले सबै उपभोक्ताका पधाधिकारीलाई तालिममा सिकेका कुराहरुलाई सही र सहज तरिकाबाट काम गरेर नमुनाको रूपमा योजना सम्पन्न गर्न सबै सहभागिलाई सचेत गराउनुभयो ।
तालिमको प्रमुख प्रशिक्षक ग्रामिण जलस्रोत व्यवस्थापन परियोजनाका दिवाकर द्राल बाडिकेदार गापा जलस्रोत अधिकृत तिलक मल्ल, प्राबिधिक सहजकर्ता हर्क साँउद रहनुभएको थियो ।उत्त तालिमामा बडिकेदार गाउँपालिकाका पाँचै वडाका, खानेपानी, सिचाइ, पोलिहाउस घरबारी लगायत चारवटा योजनाका २३ जना सहभागि रहेका छन् ।