• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • ९. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

  • १०. ४४औँ बीपी स्मृति दिवसमा कैलालीमा वृक्षारोपण, नयाँ कार्यसमितिलाई प्रमाणपत्र वितरण

खेलाडीले अझै पाएनन् पुरस्कार

धनगढी : २०७५ सालको चैत १ गतेदेखि सुदूरपश्चिम प्रदेश सरकारले धनगढीमा आयोजना गरेको प्रथम मुख्यमन्त्री कप खेलकुद प्रतियोगिताको पुरस्कार राशि पाँच महिनासम्म पनि खेलाडीले पाएका छैनन् । फुटबल, भलिबल, ब्याडमिन्टन र क्रिकेट गरी चारवटा विधामा भएको मुख्यमन्त्री कपमा प्रथम, द्वितीय र तृतीय हुने टिमका खेलाडीहरूले पुरस्कारको राशि नपाएका हुन् ।

सुदूरपश्चिम प्रदेश सरकारले २०७५ सालको चैत १ देखि धनगढीमा पहिलो मुख्यमन्त्री कप खेलकुद प्रतियोगिताको आयोजना गरेको थियो । उक्त प्रतियोगितामा सुदूरपश्चिम प्रदेश, महिला क्रिकेट, फुटबल र ब्याडमिन्टनमा स्वर्ण पदक जित्दै सातै प्रदेशमा पहिलो भएको थियो । विजेतालाई दिने भनिएको १५ लाख रुपैयाँ पुरस्कार राशि खेलाडीले अहिलेसम्म पनि नपाएका हुन् ।

‘हामीले अहिलेसम्म पहिलो भएको १५ लाख रकम पाएका छैनौं, कति पटक सामाजिक विकास मन्त्रालयमा गइसक्यौं, हुन्छ हुन्छ भन्छन्, तर खै अहिलेसम्म सुको पाइएको छैन’ सुदूरपश्चिम प्रदेशकी महिला क्रिकेट टोलीकी कप्तान जानकी भट्टले भनिन् । ‘कहिले खेलाडी कल्याण कोष बनाउने भन्छन्, कहिले केही भन्छन्’ उनले भनिन् ।

उनको कप्तानीमा रहेको महिला क्रिकेट टोली प्रथम भएको थियो । खेलाडीले सामान्य रूपमा पाउने पहिलो, दोस्रो र तेस्रो पुरस्कार, खेलअनुसार त्यतिबेला नै पाएकोमा रनिङ सिल्डबापतको रकम भने नपाएका हुन्। प्रदेश सरकारले, दोस्रो र तेस्रो हुने टिमलाई दिने भनिएको १० लाख र पाँच लाख रुपैयाँ भने सम्बन्धित प्रदेशको सामाजिक मन्त्रालयको खातामा पठाइदिएको छ ।

तर, अहिले १५ लाखको हकदार सुदूरपश्चिम प्रदेशका खेलाडीले भनी पाँच महिना बितिसक्दा पनि उक्त रकम नपाएको गुनासो गरेका हुन् । ‘हामीले मेहना गर्‍यौं, गोल्ड मेडल पनि ल्यायौं तर अहिले पहिलो भएको १५ लाख पुरस्कार पाइएको छैन’ १९ वर्षमुनिको ब्याडमिन्टनमा स्वर्ण जितेका देवराज रानाले भने। उनले खेलाडीले मेहनत गरेकै कारण सुदूरपश्चिम प्रदेश पहिलो हुन सफल भएकोमा त्यो १५ लाखको पुरस्कार राशि खेलाडी, कोच र टिम म्यानेजरलाई बाँड्नुपर्ने बताए ।

सुदूरपश्चिम प्रदेशले आयोजना गरेको प्रथम मुख्यमन्त्री कपमा फुटबलमा पनि सुदूरपश्चिमले गोल्ड पाएको थियो। ‘फुटबल आफैंमा कति खर्चिलो खेल हो, प्रतियोगिताभरि खेलेर ५÷७ हजार मात्रै पाएकोमा पहिलो भएर १५ लाखबाट केही रकम पाइएला भन्ने आशा थियो तर पाँच महिनासम्म त्यसको कुनै टुंगो छैन’ सुदूरपश्चिम प्रदेशका फुटबल टोलीका कप्तान गजेन्द्र शाहीले भने ।

दोस्रो र तेस्रो हुने प्रदेशको रकम पठाइसकेको सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयले, पहिलो भएको सुदूरपश्चिम प्रदेशको १५ लाख रकममध्ये कर कट्टा गरेर ११ लाख २५ हजार रकम, साउन २० गते मात्रै क्षेत्रीय खेलकुद विकास समितिको खातामा पठाएको जनाएको छ । ‘हामीले पहिलो हुने प्रदेशको पुरस्कार राशि १५ लाखमा कर कट्टा गरी ११ लाख २५ हजार क्षेत्रीय खेलकुद विकास समितिको खातामा पठाइदिएका छौं, अब प्रदेश सरकारले त्यो रकम खेलाडीलाई बाँड्ने वा कल्याणकारी कोष बनाउने निर्णय देला’, सामाजिक विकास मन्त्रालयका सचिव गोगनबहादुर हमालले भने ।

उनले प्रदेश सरकारले नै प्रतियोगिता आयोजना गरेकाले उसले ने त्यो रकम के गर्ने निर्णय गर्नुपर्ने बताए । ‘छिट्टै क्याबिनेटको बैठक बसेर कुनै न कुनै निर्णय गर्ला’ उनले भने। पहिलो पटक आफ्नै प्रदेशमा आयोजना भएको प्रतियोगितामा पहिलो भएर पनि पुरस्कार राशि नपाएको भन्दै खेलाडीहरू निराश भएका छन् ।

शिवराज भट्ट / अन्नपुर्ण पोष्टबाट

शुक्रबार, साउन २४, २०७६ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

धनगढी कोरा २०२६’ आयोजना साउन २ गते हुँदै
‘सुदूरपश्चिम स्पोर्ट्स अवार्डको’ मुख्य प्रायोजक एसपीए
एनपीएलको तेस्रो सिजनका लागि सुदूरपश्चिम रोयल्सले सात जना खेलाडीलाई रिटेन गर्याे

Recent Posts

  • डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
  • बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.