धनगढी, ९ पुस/ नेकपा कैलाली र प्रदेश पार्टी कार्यालयको सुरक्षार्थ सुरक्षाकर्मी परिचालन गरिएका छन् ।
नेकपामा प्रधानमन्त्री एवंम् पार्टी अध्यक्ष केपी ओली र अर्को अध्यक्ष प्रचण्ड–नेपाल समूहबीच जारी विवादका कारण हुनसक्ने सम्भावित घटनालाई ध्यानमा राखेर सुरक्षाकर्मी खटाइएको स्थानीय प्रशासनले जनाएको छ।
कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी हिरालाल चौधरीले नेकपाको प्रदेश र जिल्ला पार्टी कार्यालयमा नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई खटाउँदै सुरक्षा निगरानीमा राखिएको बताए।
प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गरेपछि नेकपा भित्र विवाद बढेको छ। ओली र प्रचण्ड–नेपाल गरि दुई समूहमा विभाजन भएको नेकपा दुवै पक्षका नेता कार्यकर्ता एकअर्काको विरोधमा उत्रिएका छन्।
दुवै पक्षले नेकपा कैलालीको पार्टी कार्यालयमा मंगलबार तालाबन्दी गरेका छन् भने प्रचण्ड–नेपाल समूहले सुदूरपश्चिम प्रदेश कार्यालयमा तालाबन्दी गरेका छन्।