धनगढी, ७ पुस/नेपाली कांग्रेसका सभापति एबम पूर्व प्रधानमन्त्री शेर बहादुर देउवाले आगामी दिनमा कुनैपनि निर्वाचनमा नेपाली कांग्रेसले विचार नमिल्ने कम्युनिस्ट पार्टीहरु संग सहकार्य वा चुनावी तालमेल नगरिने बताए ।
संसदको प्रतिनिधिसभा विघटनको निर्णय उल्टिए वा निर्वाचनमा जानुपर्ने जुन सुकै अवस्था आएपनि नेपाली कांग्रेस सरकारमा जाने वा चुनावी तालमेलमा जाने अवस्था हुँदैन भन्ने स्पस्ट पारेका छन् ।
नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेससँग सहकार्य गरौँ भन्ने प्रस्तावमा सभापति देउवाले उक्त जवाफ दिनुभएको हो। कांग्रेसले सोमबार बोलाएको सर्वदलीय बैठकमा पुष्प कमल दाहाल ‘प्रचण्ड’ र माधव नेपाल समुहको नेकपा, जनता समाजवादी पार्टीका नेताहरुले रास्ट्रपति तथा प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक कदमविरुद्ध तत्काल सर्वोच्च अदालतमा सामूहिक रिट दिने र बिरोधका साझा कार्यक्रमका साथ सम्भव भए सदनबाट नत्र सडक संघर्ष मार्फत प्रतिरोधमा उत्रिने प्रस्ताव मात्रैमा सहकार्य हुनसक्ने तर्फ प्रस्ताव हो।
उक्त बैठकमा कांग्रेस, नेकपाको दाहाल–माधव नेपाल समूह र जनता समाजवादीका नेताको उपस्थिति थियो ।
