धनगढी, ५ पु्स/कोरोनाका कारण भारतमा रोजगारी गुमाएका कञ्चपुरको भिमदत्तनगरपालीका ९ मटेनाका बादी समुदाय अहिले बाख्रा पालन व्यबसाय तिर लागेका छन् । मटेनाका बाढी समुदायका व्यक्तीहरु अधिकांश रोजगारीका लागि भारतमा मजदुरी गर्न जान गर्दथे । अहिले कोरोनाका कारण रोजगारी गुमाएपछि नेपाल आएका बादी समुदायका युवाहरु बाख्रा पालन व्यबसायमा लागेका हुन् ।
कोरोनाबाट प्रभावित भई रोजगार गुमाएका युवाहरुलाई युएनडिपीको सहयोग, भिमदत्तनगरपालीकाको समन्वयमा डिमेगा कैलालीले सामाजिक आर्थिक पुर्नस्थापना परियोजना मार्फत लघुउद्यममा उत्प्रेरित गराउने उदेश्यले बादी समुदायलाई बाख्रापालन तालिम दिईएको थियो । सो समुदायका ७ जना महिलालाई बाख्रा बितरण गरेर उनीहरुलाई बाख्रापालन पेशा अगालेका हुन् । बिदेशमा रोजगारीमा लागेका समुदायलाई स्वदेशमै रोजगारीको सृजना गर्नका लागि बिपन्न समुदाय अन्तरगत बादी समुदाय छनोट गरी बाख्रा पालन व्यबसायमा लगाएको डिमेगा कैलालीका कञ्चनपुर संयोजक दिपक बिष्टले जानकारी दिए ।
‘अहिले कोही पनि भारत मजदुरीका लागि जादैनन् सानोतिनो भएपनि घरमै रोजगार गरिहेका छौ’ भीमदत्त नगरपालिका ९ मटेनाकी सम्झना बादीले खुशी हुदै भनिन्–‘अब आफ्नै देशमा शुखदुखका साथ काम गर्ने हो ।’ व्यबसाय सानैबाट सुरु हुन्छ त्यसमा लगनशिल र मेहनत भए अवश्य सफलतामा पुगिन्छ उनले थपिन् । सम्झना बादीको परिवार जस्तै उक्त वादी समुदायमा अहिले अरुपनि सानोतिनो लघुउद्यम तर्फ आर्कषित हुन थालेका छन् । उनीहरु संग अहिले बोयर जातका उन्नत बाख्रा पाल्दै आएका छन् ।
‘मिर्मिरे उज्यालो भएदेखि साँझसम्म अर्काको घरमा ज्याला मजदुरी नगरी हातमुख पनि जोडिँदैन थियो’ बादी समुदायकै अर्की महिला सरस्वती रानाले भनिन्–‘अहिले बाख्रा पालन व्यबसायमा रमाउदै आएका छौ ।’ कोरोनाका कारण काम तथा सवारी साधन बन्द भएपछि आफूहरुको भान्सामा चुलो बल्नसमेत मुस्किल हुन हुन थालेपछि यो व्यबसाय अगाँलेको उनको भनाई छ । बादी समुदायहरु संग प्रतिव्यक्ती सामान्य घरबास मात्रै जमिन भएकोले उनीहरुको रोजगारीका लागि भारत जानुपर्ने बाध्यता थियो । अहिले आएर उनीहरु केही भएपनि व्यबसायमा लाग्नु पर्छ भन्ने भावनाको बिकास भएको छ ।
वर्षौदेखि भारतमा काम गर्दै आएका बादी परिवार अहिले आफ्नै देशमा केही गरौ भन्ने उदेश्यले सकृय भएका छन् । उक्त बादी समुदायमा प्राय सबै सानो लगानीमा बाख्राका खोर निर्माणमा जुटेका छन् ।