काठमाडौँ ५ पुस/ राजीनामा दिएका उर्जा मन्त्री एवम् नेकपा स्थायी कमिटी सदस्य वर्षमान पुनले मन्त्री क्वार्टर छोडेका छन्।
संसद सचिवालय सिंहदरबारमा पत्रकार सम्मेलन गरी मन्त्री पुन सिधै मन्त्रालय गएका थिए। मन्त्रालयमा पुगेर पुनले झण्डावाल गाडी बुझाएका थिए।
मन्त्रालयबाट निजी गाडीमा स्थायी कमिटीको बैठकका लागि बालुवाटार गएको पुनका प्रेस संयोजक दयानिधी भट्टले बताए।
भट्टका अनुसार पुन आजै बालुवाटार स्थित पुरानो डेरामा सरेका छन्।
