धनगढी, ५ पुस/ राष्ट्रिय समावेशी आयोगको अध्यक्षमा मानप्रसाद खत्री सिफारिस भएका छन् । आयोगको सदस्यहरुमा रामचन्द्र जोशी, हरिभक्त जोशी, जितेन्द्र पासवान सिफारिस भएका छन् ।
संवैधानिक परिषद्का अध्यक्ष र बहाल रहेका बहुमत सदस्यको उपस्थितिमा बैठक बस्न सक्ने गरी अध्यादेश ल्याएपछि ३० मंसिरमा बसेको संवैधानिक परिषद् बैठकले अख्तियार दुरुपयोग अनुसन्धान आयोग, निर्वाचन आयोग लगायतका संवैधानिक निकायमा रिक्त पदहरुमा नियुक्तिको सिफारिस गरेको हो ।
खत्री बझाङका नेकपा नेता हुन ।
