सुदूरपश्चिम, ५ पुस। आइतबारको मन्त्रिपरिषद् बैठकले संसद् विघटनको सिफारिस गरेको छ । सङ्घीय सरकारले गरेको निर्णयले प्रदेश सरकारमा कस्तो असर पर्छ भन्ने अहिले चर्चा सुरु हुन थालेको छ । सुदूरपश्चिम प्रदेशका कानुन मन्त्री प्रकाश शाहले सङ्घीय मन्त्रिपरिषद्को बैठकले सदन विघटन गर्ने निर्णयले प्रदेशमा कुनै प्रभाव नपर्ने बताउँछन् ।
‘प्रदेश सरकार र प्रदेश सभा स्वायत्त छन्’ उनले भने ‘आजको निर्णय ले प्रदेशमा कुनै असर सृजना गर्दैन ।’
प्रदेश सरकारका प्रवक्ता समेत रहेका मन्त्री शाहले सङ्घीय सरकारले संवैधानिक व्यवस्था विरुद्ध निर्णय गरेको आरोप लगाए ।
सुदूरपश्चिम प्रदेशका मुख्यन्याधिबक्ता कुलानन्द उपाध्याय पनि सङ्घीय सरकारले संविधान मिचेर संसद् विघटनको सिफारिस गरेको बताए ।
‘संसद् विघटनको सिफारिस गर्ने अधिकार मन्त्रिपरिषद्मै हुन्छ’ उनले भने ‘तर, त्यसका विभिन्न चरण हुन्छन् आज सबै मिचेर निर्णय गरिएको छ ।’
मुख्यन्याधिबक्ता कुलानन्द उपाध्यायले यो असंवैधानिक कदम भएको बताए ।सुदुरडेली बाट