एकेन्द्र चन्द/ डोटी ५ पुस : डोटीको बडिकेदार गाउपालिका वडा न २ बर्छैन माध्यमिक बिधालय बर्छैनमा यस् बर्ष देखि सिटिभिटिइ बाट मान्यता प्राप्त गरि प्राबिधिक शिक्षा सिभिल इन्जिनियरिङ पढाई भए सघै बडिकेदार गाउपालिकाले प्राबिधिक शिक्षालाई विशेष जोड दिदै बिस्तार गर्न थालेको छ ।
बर्छैन माध्यमिक बिधालयमा डिप्लोमा इन सिभिल इन्जिनियरिङ कार्यक्रम र डिप्लोमा इन शिभिल इन्जिनियरिङको चारकोठे भवनको सिलन्यास तथा समुदघाटन समारोह कार्यक्रममा बोल्दै अध्यक्ष चन्दले अब बर्छैन उच्च माध्यमिक बिधालय पछि केदारेस्वर माबी लाना रन्तोलामा पनि कृषि क्याम्पस खोल्ने बताउनु भएको हो ।
प्राबिधिक शिक्षानै आजको मुख्य आवस्यकता भएको र आवस्यकता अनरुप गाउपालिकाले प्राबिधिक शिक्षालाइ जोड दिइने बताउनुभएको हो । बर्छैन माबिमा इन्जिनियरिङ पढाई हुने भए पछि यहाँका आर्थिक स्थिति कमजोर भएका र धनगढी महेन्द्रनगर नेपालगन्ज र दिपायल गयर पढ्नु पर्ने बाध्यताको पनि अन्त्य भएको अध्यक्ष चन्दले बताउनु भयो ।
केदारेस्वर माध्यमिक बिधालयमा पनि कृषि क्याम्पस सञ्चालनमा आए पछि आफ्नै घरमै बसेर पनि यस् क्षेत्रका बिद्यार्थीले पढ्न पाउने उहाले बताउनु भयो । दुबै ठाउका प्राबिधिक बिधालयलाई गाउपालिकाले आर्थिक, भौतिक लगायतका सहयोग गर्न आफू र बडिकेदार गाउँपालिका सधै तयार रहेको समेत अध्यक्ष चन्दले बताउनु भएको छ ।
