धनगढी,३पुस।आप्रवासी हकहित संरक्षण र संम्बद्धन विषयक एक दिने अन्तक्रिया कार्यक्रम सम्पन्न भएको छ।
२१औ अन्तराष्ट्रिय आप्रबासी कामदार दिवसको सन्दर्भमा कैलालीको धनगढी उप–महनगरपालिका वडा नम्बर –१४ फूलवारीमा सो कार्यक्रम सम्पन्न भएको हो ।
सुरक्षित आप्रवासी परियोजना (सामी) ले आयोजना गरेको सो कार्यक्रममा वडा नम्बर १४का जनप्रतिनिधि, र बैदेशिक रोजगारवाट फर्केका र जान तयारी अबस्थामा रहेका ८५ जना बढीको सहभागिता रहेको थियो ।
धनगढी उप–महानगरपालिकाका नगर प्रमुख नृपबहादुर वड प्रमुख आतिथि रहेको कार्यक्रम वडा नम्बर १४का वडा अध्यक्ष रामबजारी चौधरीको सभापतित्वमा सम्पन्न भएको थियो ।
कार्यक्रममा वोल्दै प्रमुख अतिथी समेत रहेका नगर प्रमुख वडले बैदेशिक रोजगारमा जादा हरेक नेपालीले सजगता अपनाउनु पर्ने बनाए । बैदेशिक रोजगारमा जानु भन्दा पनि स्वदेशमै आय आर्जनका काम गर्नु अझ उपयुक्त हुने धारणा वडले ब्याक्त गरे ।
सामी परियोजनाका कार्यक्रम कोडिनेटर टेकबहादुर बलायरले सहजिकरण गरेको उक्त कार्यक्रमको संचालन परियोजनाका आरभी पुर्णराज तिवारीले गरेका थिए ।