धनगढी, ३ पुष: सुनकुडा क्याम्पसका व्यवस्थापन समिति उपाध्यक्ष हरिष खड्कामाथि हातपात गर्ने समुहलाई कारबाही गर्न नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बित्थडचिर गाउँपालिका कमिटिले माग गरेको छ । बिहीबार एक विज्ञप्ती जारी गर्दै नेकपा क्षेत्रिय कमिटि सदस्य तथा अनेरास्वीयु केद्रीय लेखा आयोग सदस्य समेत रहेका उपाध्यक्ष खड्कामाथि हातपात गर्ने समुहलाई कारबाही गर्न माग गरेको हो ।
खड्कामाथि नियोजित ढंगले हातपात भएको भन्दै घट्नामा संलग्न सबैलाई तत्काल पक्राय गरी कारबाही गर्नुपर्ने नेकपा गाउँपालिका कमिटि अध्यक्ष निराजन बोहराले बताए । उनले घटनाको बिषयमा पार्टी गम्भीर ध्यानार्कषण भएको भन्दै प्रहरी दोषीलाई कारबाहीको दायरामा ल्याउनुपर्ने बताए ।
तरुण दलका गाँउपालिका कमिटि अध्यक्ष हिक्मत मल्ल, कमल अधिकारी लगाएतको समुहले खड्कामाथि हातपात गरेको थियो । उनिहरु विरुद्ध जिल्ला प्रहरी कार्यालय बझाङमा अभद्र व्यवहार र कुटपिटमा मुद्धा दर्ता भएको छ । २०६४ सालदेखी क्याम्पसले प्रयोग गर्दै आएको बाटोको मुआब्जा भन्दै तरुण दल अध्यक्ष मल्ल सहितको समुहले क्याम्पससंग १७ लाख बढी रकम बार्गेनिङ गरेका थिए । उनिहरुले गरेको बार्गेनिङ रोक्न खोज्दा क्याम्पस व्यवस्थापन समिति उपाध्यक्ष खड्कामाथि हातपात गरेको थिए ।
क्याम्पसको भवन निमार्ण गर्ने क्रममा जग्गाधनी दिपेन्द्र मल्लसंग मौखीक रुपमा बाटो दिने भन्दै भएको सहमतिको आधारमा प्रयोग गर्दै आएको झण्डै पाँच सय मिटर बाटोको मुआब्जा भन्दै बार्गेनिङ गरेका थिए ।