धनगढी, पुस १/ सरकारले जारी गरेको संवैधानिक परिषद्सम्बन्धी अध्यादेशका बारेमा छलफल गर्न प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको पदाधिकारीको बैठक सुरु भएको छ ।
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश र अध्यादेश जारीपछि उत्पन्न परिस्थितिबारे छलफल गर्न सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा पूर्वपदाधिकारीसहितको पदाधिकारीको बैठक सुरु भएको हो ।
सभापति देउवाका स्वकीय सचिव भानु देउवाले दिउँसो २ बजेबाट पदाधिकारी बैठक सुरु भएको जानकारी दिएका छन् ।
मुख्य सचिव कृष्णप्रसाद पौडेलले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश र अध्यादेश जारी भएपछि उत्पन्न परिस्थितिबारे छलफल गर्न पूर्वपदाधिकारीसहितको पदाधिकारी बैठक बोलाइएको जानकारी दिए ।